Home / समाचार / उकालो छिचोल्दै मेयर डा. पौडेल पुगे दुर्गम वस्तीमा

उकालो छिचोल्दै मेयर डा. पौडेल पुगे दुर्गम वस्तीमा

अमलेखगञ्ज, ६ मंसीर  :  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उपमहानगरकै दुर्गम क्षेत्रको रुपमा रहेको वडा नम्बर २२ स्थित ढुकुवाबासको पहाडी क्षेत्रमा रहेको वस्तीको निरिक्षण गरेका छन् ।
कात्तिक ३० गते सम्पन्न प्रथम नगर सभाबाट पहाडी बस्तीका बासिन्दालाई राजमर्गसम्म जोड्ने गरी सडक योजना ल्याएसंगै नगर प्रमुख डा. पौडेलले वस्तीको स्थलगत निरिक्षण गरेका हुन् ।
त्रिभूवन राजपथको तीन नम्बर पुलबाट करिब तीन किलोमिटर पूर्वतर्फको पहाडी क्षेत्रमा स्थानियको बसोबास रहेको छ । पहाडी बस्तीका नागरिकसंग भेटदै नगर प्रमुख डा. पौडेलले पहाडी क्षेत्रमा बसोबास रहेपनि सडक, खानेपानी र जीवनस्तर सुधारका लागि उपमहानगर गम्भिर रहेको बताएका थिए ।

Mayor dr krishna  paudel  Simara bara ukalo oralo

ढुकुवाबासको पहाडी बस्तीतर्फ जादै नगर प्रमुख डा. पौडेल ।

डा. पौडेलले सोही पहाडी क्षेत्रका लागि नगर सभाबाट प्रस्तावित भ्यु टावर निर्माण स्थलको अवलोकन गरेका थिए । नगर प्रमुख डा. पौडेल पहाडी बस्तीमा पुगेपछि स्थानिय हर्षित भएका थिए । स्थानियसंग भेटघाटमा नगर प्रमुख डा. पौडेलले अमलेखगञ्जको ऐतिहासिक र प्राकृतिक सम्भावनाको कारण पर्यटन विशेष क्षेत्रको रुपमा विकास गर्ने उपमहानगरले तयारी गरिरहेको बताए ।
चुरिया अमलेखगञ्ज, आधाभार र पथलैया विशेष पर्यटन जोनको रुपमा उपमहानगरले प्रस्ताव र बजेटसमेत पारीत गरिसकेकोले सोही आधारमा अमलेखगञ्जको वृहत्तर विकास अघि बढाउने डा. पौडलेको भनाई थियो । ढुकुवाबासको विकटताले आफुलाई कर्णाली सम्झाएको बताउदै डा. पौडेलले बाटो र खानेपानीलगायत समस्या समाधानमा उपमहानगर प्रतिवद्ध रहेको बताए । ढुकुवाबास क्षेत्रमा जैविक खेती र जडिबुटी र होम स्टेको माध्यमबाट नागरिकहरुको जीवनस्तरमा परिवर्तन ल्याउन सकिने डा. पौडेलको भनाई थियो ।
निरिक्षणका क्रममा नगर उपप्रमुख सरस्वती चौधरी वडा नम्बर २२ का अध्यक्ष मानिकलाल थिङ्ग, वडा नम्बर २१ का अध्यक्ष कृष्ण ठकुरीलगायत निर्वाचित सदस्य र स्थानियको सहभागिता रहेको थियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com