Home / समाचार / समृद्धिसंगै नागरिकको स्वास्थ्यप्रती उपमहानगर गम्भिर : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

समृद्धिसंगै नागरिकको स्वास्थ्यप्रती उपमहानगर गम्भिर : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

सिमरा, ७ मंसीर ः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले बिकास निर्माण र समृद्धिसंगै नागरिकको स्वास्थ्यका लागि उपमहानगर गम्भिर रहेको बताएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिमरामा आयोजना गरेको संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण कार्यान्वनय सम्वन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै डा. पौडेलले नागरिकको चिन्तन, खानपान, दिनचर्या र जीवनशैलीमा सुधारका लागि उपमहानगरले दीगो रुपमा काम गर्न खोजिरहेको बताए । बहुपोषण अभियानको क्रममा जीतपुरसिमरा उपमहानगरले मन्त्रालयको सहकार्यमा विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्न लागेको डा. पौडेलको भनाई थियो ।

posan karkayram dr paudel

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख डा. कृष्ण पौडेल ।

नागरिकको खानपिनले चिन्तन र क्रियाशिलतालाई व्यवस्थित गर्ने हुदा पोषणयुक्त खानेकुरामा ध्यान दिन जरुरी रहेको डा. पौडेलको भनाई थियो । अधिकांश बालबालिकासहित नागरिक समुदाय गरीवी र बेरोजगारीको कारण कुपोषणको शिकार हुनुपरेको भन्दै नगर प्रमुख डा. पौडेलले यस्तो अवस्थाको सुधार नभएसम्म समृद्ध समाज निर्माण असम्भव रहेको बताए ।

कार्यक्रममा उपप्रमुख सरस्वती चौधरी, जिल्ला समन्वय अधिकारी भरत ढुंगाना जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. प्रेमचन्द्र जायसवाल, पोषण राष्ट्रिय अभियानका कार्यान्वय संयोजक खेमनारायण पोखरेल, जिल्ला संयोजक रितिका दाहाललगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले पोषणयुक्त खानेकुराका आवश्यकता र उपमहानगरले यस बिषयमा केन्द्रीत रहेर सञ्चालन गर्न लागेको कार्यक्रमका बारेमा प्रष्ट्याएका थिए ।

अभिमुखिकरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरका २४ वडाका वडाअध्यक्ष, नगर कार्यपालिकाका सदस्य, वडासचिवको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण हरिकिशोर साहले गरेका थिए ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com