Home / समाचार / नागरिकको कर नै राष्ट्र निर्माणको आधार : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

नागरिकको कर नै राष्ट्र निर्माणको आधार : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

सिमरा, ७ मंसीर : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले नागरिकको कर नै राष्ट्रनिर्माणको आधार भएको बताएका छन् ।

छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यलयले आयोजना गरेको साताब्यपाी कार्यक्रमको समापन समारोहमा बोल्दै डा. पौडेलले नागरिकले तिरेको करले सुशासन, विकास र सामाजिक न्यायको आधार हुने बताए ।

कर नीति व्यवहारिक नहुदा करको दायरामा आएका करदाताहरुले अनावश्यक सास्ती खेप्नुपरिरहेको र कर नतिर्नेहरु दायरामा आउन नसकिरहेको डा. पौडेलको भनाई थियो । कर प्रणालीलाई प्रगतिशिल बनाएर सबैलाई करको दायरामा आउन प्रेरित गर्ने र करदाताको यथोचित सम्मानमा ध्यान दिनुपर्ने डा. पौडलेले बताएका छन् ।

kar sapath dr paudel simara

उत्कृष्ट करदातालाई सम्मान गर्दै नगर प्रमुख डा. पौडेल ।

मुलुकमा तीन तहको सरकार बनिरहेको सन्दर्भमा स्थानीय विकास र सामाजिक न्यायसंग जोडिएको स्थानीय सरकारलाई पनि आन्तरिक आयको आवश्यकता रहेको प्रसंग जोडदै डा. पौडेलले जीतपुरसिमरा उपमहानगरलाई समृद्ध बनाउने अभियानमा जोडिन स्थानीय करदाताहरुलाई आग्रह गरे । कार्यक्रममा मध्यमाञ्चल ईकाई कार्यलय राजश्व अनुसन्धान बिभाग पथलैयाका प्रमाुख दिव्यराज पोखरेल, जिल्ला समन्वय अधिकारी भरत ढुंगाना, प्रमुख कोष नियन्त्रक चिरञ्जीवी अधिकारी, जिल्ला वन अधिकृत भैरव घिमिरे, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिश्चन्द्र आचार्य, बारा उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनोद बरैलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयले यस वर्षको उत्कृष्ट करदाताको रुपमा साना किसान कृषि सहकारी संस्था डुमरवाना र गौरनिवासी हरिश्चन्द्र साहलाई सम्मान गरेको छ । यसैगरी सोही अवसरमा कर सप्ताहलाई सफल बनाउन सहयोग पु¥याएको भन्दै कार्यलयले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी सिमरा शाखा र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयलाई प्रशंसापत्र प्रदान गरेको थियो । कार्यलयले उत्कृष्ट कर्मचारीको रुपमा बुद्धकुमार लामालाई सम्मान गरेको छ । कार्यलयका प्रमुख कर अघिकृत रामप्रसाद पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com