Home / स्थानिय समाचार / निजगढमा वामगठबन्धन द्वारा ४, ८ र ९मा घरदैलो सम्पन्न

निजगढमा वामगठबन्धन द्वारा ४, ८ र ९मा घरदैलो सम्पन्न

संयुक्त वामगठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढले निजगढ नगरपलिकाको वडा नम्बर ४, ८ र ९ नम्बर वडाका विभिन्न टोलमा घरदैलो, कोण सभा र वडा प्रचार कार्यालयको उदघाटन गरेको छ ।

आज बिहानबाट वडा नम्बर ४ को पुरानो निजगढबाट शुरु भएको सो घरदैलो कार्यक्रम वडा नंम्बर ८ खयरघारी हुदै वडा नं. ९ को सबै टोलमा पुगेर कोण सभामा परिणत भएको प्रचार संयोजन समितिका सदस्य थानेश्वर सापकोटाले जानकारी गराए । कार्यक्रममा बारा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार अच्युत मैनाली, प्रदेश सभा सदस्य उम्मेदवार त्रिलोकी चौधरी लगायत वाम गठबन्धनका कार्यकर्ताको सहभागिता रहेकोे संयुक्त वामगठबन्धका निर्वाचन परिचालन कमिटी सदस्य थानेश्वर सापकोटाले जानकारी दिए ।

यस अघि हिजो वडा नम्बर ४, ५, ६ र ७ का विभिन्न टोलमा घरदैलो, कोण  सभा र वडा प्रचार कार्यालयको उदघाटन भएको थियो । bam achyut mainali ko

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com