Home / स्थानिय समाचार / वामगठबन्धनको निजगढ११ र १३मा घरदैलप सम्पन्न । कोल्हबिमा पनि तिब्र

वामगठबन्धनको निजगढ११ र १३मा घरदैलप सम्पन्न । कोल्हबिमा पनि तिब्र

वामगठबन्धनले निजगढ नगरपालिकामा शुरु गरेको घरदैलो कार्यक्रम हिजोबाट पुरा भएको छ ।

४ दिन अघि शुरु भएको घरदैलो कार्यक्रम हिजो नगरपालिका वडा नं. १३ र ११ को रतपुरमा पुगेर समापन भएको संयुक्त वाम गठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढका सदस्य थानेश्वर सापकोटाले  बताए । घरदैलो घरदैलो कार्यक्रममा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार अच्युत मैनाली, प्रदेश सभा सदस्यका उम्मेदवार त्रिलोकी चौधरी लगायत वाम गठबन्धनका कार्यकर्ताहरुले मतदाताको घर घरमा खेत खेतमा पुगेर मत मागेका थिए ।

घरदैलो पुरा भएपछि गठबन्धनले आजबाट निजगढमा चुनाव प्रचारको थप कार्यक्रम संचालन गर्ने जनाएको छ ।

bam khetma
bam gharma
त्यस्तै वामगबन्धनले कोल्हवी नगरपालिका अन्र्तरगत विभिन्न वडामा घरदैलो र मतदाता भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । यसैबीच कोल्हवी नगरपालिकामा हिजो भएको वुद्धिजीवीहरुको भेलाले वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने निर्णय गरेको छ । भेलामा केवल चौधरी, ढुण्डिराज उप्रेती, तपेश्वर चौधरी लगायत एमाले र माओवादी केन्द्र निकट शिक्षक, कर्मचारी र गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com