Home / स्थानिय समाचार / यो यो बिकाशका काम गरेका थिए बारामा पुरुषोत्तम पौडेलले

यो यो बिकाशका काम गरेका थिए बारामा पुरुषोत्तम पौडेलले

बारा क्षेत्र नम्बर ६ का पुर्व सासंद पुरुषोत्तम पौडेलले घोषणा पत्र अनुसार आफु ४ बर्षमा सबै काम गर्न सफल भएको बताउनुभएको छ । ४ बर्षमा क्षेत्र नम्बर ६ भित्र भएका गरेका कामको जानकारी गराउन सिमरामा आयोजित पत्रकार सम्मेलनमा पुर्व सासंद पौडेलले २ वटा काम बाहेक घोषणा पत्रमा समावेश गरिएका सबै प्रतिवद्धता आफुले पुरा गरेको बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा पौडेलले क्षेत्र नम्बर ६ मा बिकासको आधार खडा गर्ने कार्य, बिकासका बहुबर्षिय र मध्यम खालाका योजना सुरु, सामुदायिक भवन, बिद्यालय तथा कलेजहरु, सडक ढलान, खेल मैदान, पुल तथा सडक र सामाजिक न्यायका क्षेत्रमा आफुले काम गरेको बताउनुभयो ।

p paudel

बारा क्षेत्र नम्बर ६ बाट निर्वाचित भएपछि भएगरेका कार्यहरु :

 

आदरणिय मतदाताहरु मैले चारबर्षमा गरेका महत्वपुर्ण कार्यहरु र स्थानिय बिकासमा भएका प्रगती सार्वाजनिक गरेको छु ।

१.देशको आवश्यकता र जनताको माग अनुसार २०७२ आश्विन ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको स‘ंबिधान घोषणा ।

२.संबिधान घोषणाका साथै संबिधान अनुसार ५६ वटा ऐन कानुन निर्माण,स्थानिय तहको निर्वाचन सम्पन्न गरी मुलुकलाई निकास दिने कार्य संम्पन्न ।

३.क्षेत्रमा बिकासको आधार खडा गर्ने कार्य सुरु ।

क)निजगढ तथा सिमरा जितपुर नगरपालिका घोषणा सहित निजगढलाई स्मार्ट सिटी,जितपुर सिमरालाई मेघासिटी बनाउने कार्य सुरु भएको ।

ख)फाष्टट्र्याक निर्माण प्रक्रिया आरम्भ । फाष्ट ट्रयाकको काम सेनालाई जिम्मा दिईसकेको ।

ग)अन्तराष्ट्रिय बिमान स्थल निर्माणकार्यको महत्वपुर्ण पाटो सार्वजनिक सुनुवाई सम्पन्न जमिन प्राप्ति सहित बस्ति ब्यवस्थापनलाइ बाटो खुल्ला गरीएको ।

घ) बिशेष आर्थीक क्षेत्र (सिमरा– डुमरबाना ) निर्माण कार्यमा तिब्रता ।

ङ) पर्सा बन्यजन्तु आरक्षलाई राष्ट््िरय निकुन्ज घोषणा गरी बातावरण संरक्षण, र पर्यटन बिकासको बाटो खुल्ला गरीएको ।

४.बिकासका बहुबर्षिय र मध्यम खालका योजना सुरु

क) शहिद हिरालाल पार्क( बिवाहमण्डप भ्युटावर मनकामना मन्दिर, पिकनिक स्पोट, भरयांग सहितको ), निर्माण कार्य सुचारु ।

ख) शहिद हिरालाल रंगशाला निर्माणको लागि डी पी आर सम्पन्न, निर्माण सुरु ।

ग) सिमरा कोल्हबि सडक निर्माण कार्य सुरु (११ कि.मी)

घ) बंगरी पुल निर्माण कार्य आरम्भ । आगामि बर्ष सम्पन्न गरीने छ ।

ङ) निजगढ भरतगंज फापरबारी सडक र निजगढ धियाल सडक निर्माण कार्य प्ररम्भ ।

च) पसाहा पुल (रामनगर), शक्ति खोलाको पुल (डम्बरपुर)टेण्डर प्रकियामा रहेको ।

छ) भोडहा खमुवा ÷मदिलवा महेसपुर सडक टेण्डर सम्पन्न ।

च) शहिद हिरालाल मार्ग निर्माण कार्य जारी ।

सामुदायिक भवन

१.मदन आश्रित स्मृती सामुदायिक अधुरो भवनको निर्माण कार्य सम्पन्न, डुमरबाना ।

२.शहिद मुखलाल स्मृती सामुदायीक भवन निर्माण सम्पन्न महदिलवा ।

३. शहिद मुखलाल स्मृती सामुदायीक भवन निर्माण सम्पन्न थरुवा दोहरी ।

४. रामजित मण्डल स्मृती सामुदायीक भवन सम्पन्न उत्तरझिटकैया—३ ।

५. शहिद मुखलाल स्मृती सामुदायीक भवन सम्पन्न, दोहरी ।

६ द्धारिका दादा स्मृती सामुदायीक भवन डुमरबाना जिसिउमनपा— १३ ।

७.शहिद मुखलाल स्मृती सामुदायीक भवन अधुरो  सकरदिना(भोडहा)

 

बिद्यालय तथा कलेजहरु

१.सिमरा कलेज सिमरा भरयाङ्ग निर्माण ।

२.निजगढ क्याम्पस  निजगढ  २ कोठा पक्कि भवन ।

३. डुमरबाना कलेज डुमरबाना १४ कोठा भ्याल ढोका तयारी ।

४. दलित प्रा.बि सोनरनिया  ३ कोठा निर्माण कार्य जारी ।

५. नेरा प्राबि भवन बडहर्वा २ कोठा निर्माण कार्य ।

६. शिबसक्ति सत्येश्वर प्राबि निजगढ ७, २ कोठा सम्पन्न ।

७. सरस्वति निमाबि निजगढ सिगौल ३ कोठा भवन निर्माण

८. नेरामाबि निजगढ १० लाल २ कोठा भवन निर्माण

९. नेरा प्राबि  निजगढ १२ भक्तलाल २ कोठा भवन निर्माण कार्य जारी ।

१०.श्री सरस्वती निमाबि भवन सिमरा सम्पन्न ।

११.नेरा माबि दोहरी कम्पाउण्ड वाल

१२.नेरा निमाबि बडहर्वा

 

सडक ढलान

१. निजगढ वार्ड नं १ र २ भरतगञ्ज —२०० मी

२. निजगढ वार्ड नं ५,६, ८ र ९ निजगढ—१००० मी

३. निजगढ वार्ड नं ११ रतनपुर—२५० मी

४.जिसिउमनपा वार्ढ नं १ पथलैया,२ नरबस्ति, सृजनाटोल, ३ रामबन,४ औराहा—१००० मी निर्माण सम्पन्न ।

५.जिसिउमनपा डुमरबाना,रजघट्टा, भारतीचोक,हात्तिसार,सुक्लैया र महेन्द्रनगर—१००० मी ।

६. मनहर्वा जैतापुर बजारबाट उत्तर जानेबाटो —२०० मी

७. भोडहा भोडहा चोक—४५० मी

८.दोहरी बकुलहर गांउको सडक—१५० मी

९.उ.झिटकैया सडक —३०० मी

१०.अमलेखगंज कुलमान डांडा,हात्तिसार जानेबाटो,थानिमाइ जानेबाटो —३०० मी

११.थानिमाई मन्दिर जाने बाटो र मन्दिर निर्माण,अमलेखगञ्ज

खेल मैदान

१. रजघट्टा खेलमैदान निर्माण र घेराबारा ।

२. बडहर्वा मिनि स्टेडियम निर्माण सुरु ।

३. मुखलाल खेलमैदान भोडहा मन्च गेट तथा घेराबारा सम्पन्न ।

४सिमरा  रंगसाला निर्माण तथा डि पि आर गरी निर्माण प्रक्रियामा ।

५.अमलेखगञ्ज, दोहरी, मझौलीया, सखुवाघाट, रतनपुर, लोकप्रिय भरतगञ्ज, सार्वजािक     मा बि बागदेब सहित बिद्यालय खेलमैदान मञ्च तथा घेराबारा ।

६.क्षेत्रिय खेलमैदान उत्तरझिटकैया, सिसहनिया खेलमैदान कलैया, कलैया कभडहलको बजेट पारित ।

७.रामजानकि मन्दिर सिमरा, अमलेखगञ्ज, हनुमान मन्दिर परासटोल निर्माणमा अनुदान सहयोग, मुसनीमाई उज्यालो कल्ब भवन निर्माण, जोरलाईमाई मन्दिरको बिवाह मण्डप निर्माण, टांगियाबस्तिमा स्वास्थ्य भवन तथा सडक मर्मत ।

पुल तथा सडक

१.निजगढ रतनपुरी अमलेखगञ्ज सडक (९ कि.मी टेण्डर सम्पन्न) ।

२.निजगढ,सिमरा, भरतगञ्ज, भोडहा, महेन्द्रनगर , मनहर्वा, अमलेखगञ्ज, रतनपुर सहितका       एक दर्जन खानेपानि योजना सम्पन्न ।

३.बागभैरभ सिचाई योजना बागदेब, लालबकैया सिचाई योजना लाल कार्यक्रम सुचारु ।

४.निजगढशान्ति टोल, तेर्सोलाइन, डुमरबानाको रजघट्टामा डिपबोरीगं जडान गरी सिचाई ।

५.पसाहानदि नियन्त्रणलाइ जनताको तटबन्धकार्यक्रममा समाबेस ।

६.बालगंगा नदि नियन्त्रण गुरुयोजाना सुरु, बकैया र दुधौरा नदि राष्ट्रपति चुरे द्धारा काम हुदै ।

७.जैतापुर कलैया–मुखलाल मार्ग र ५ किलो रजघट्टा भलुहि(पुष्पलाल मार्ग) सडक सुधार योजनामा समाबेस गराइएको ।

८.टिकुली पुल निर्माण सम्पन्न निजगढ— १० लाल ।

९.पुलनिर्माण कलैया २४श्रीपुर पश्चिम,पुल निर्माण जिसिउनपा१८भारती टोलबाट पश्चिम ।

१०.नाला निर्माण निजगढ —११ रतनपुर कछडीया टोल ।

११.सडक निर्माण— ३०० मि, जिसिउमनपा —१८ कुसमाडी ।

सामाजिक न्याय

१.अपांगहरुलाई १५ वटा ट्राइ साइकल ,दसवटा ह्ील चियर सहित २ पटक सहायक समाग्री बितरण ।

२. क्षेत्रका २० वटा मठ मन्दिरमा सोलार बत्ति बितरण ।

३. संबिधानबारे जनचेतना जगाउन प्रशिक्षण कार्यक्रम संचालन

४ युवा खेलाडिहरुलाई प्रोत्साहन गर्न खेल सामाग्री बितरण, खेलाडी सम्मान कार्यक्रम ।

५.दुध सहकारी डुमरबाना, सानाकिसान सहकारी भोडहानिर्माणमा जिबिस मार्फत सहयोग ।

६.भोडहा इदगाह, रामबन चर्ज वाल निर्माण

क.बिभिन्न मठ मन्दिर तथा गुम्बा इदगाह लगायत धार्मिक सामाजिक कार्यमा अनुदान सहयोग ।

ख.खेल सामाग्री सहित बितरण,खेलकुद प्रतियोगितालाई सहयोग ।

ग. बिभिन्न स्थानमा ल्पम्बीङ्ग, सिलाई कटाई, ब्युटि पार्लर सहितका तालिम सन्चालन ।

घ.एक निर्वाचन क्षेत्र, एक खेलमैदान खेलाडी सम्मान तथा पुरस्कार कार्यको थालनी, ठुलाखेल पुर्वाधारको सम्झौतागरेर काम सुचारु भएको ।

ङ.युवा परिषद एन पारित गर्ने , युथ भिजन २०२५ तयार गर्ने र युवा प्रतिभा सम्मान गरेर नयां सोच प्रस्तुत गर्न सफल ।

च.बाराबाट १० जना युवालाई चिन भ्रमण र १० जना युवालाई भारत भ्रमण गराउन सफल ।

 

पुरुषोत्तम पौडेल          

                                                पुर्व सासद बारा—६

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com