बिहान ६:३०बजे बाराको अपडेट यस्तो

स्थानिय समाचार

44 Views

बाराको निर्वाचन क्षेत्र नं १मा बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन । क्षेत्र नम्बर १ मा एमालेका अच्युत मैनालीले २९९० मत पाएका छन भने नेपाली काग्रेशका उमाकान्त चौधरीको २६७१ मत राजपाका रामकिशोर यादवले ५९७ मत पाएका छन । त्यसैगरी क्षेत्र नं. २ मा भने संघीय समाजवादी फोरमका रामसहाय यादवले अग्रता बनाएका छन । उनले काग्रेशका राधेचन्द्र यादव र वामगठबन्धनका शिवचन्द्र कुशवाहालाई पछि पारेका हुन ।

रामसहायको १८३० र राधेन्द्रको ११४३ र कुशवाहाको ४३० मत छ । क्षेत्र नंं ३ मा पनि वामगठबन्धनका अध्यानन्द पाण्डेले १८३९ मत सहित अग्रता बनाइरहेका छन । काग्रेशका फरमुल्ला मन्सुर १६२४ मत पाएर पाण्डेलाई पछ्याइरहेका छन । फोरमका रामबाबु यादवले १२९८ मत पाएका छन । त्यसैगरी क्षेत्र नम्बर ४ मा एमालेका देवनारायण चौधरी ४७२६ मत सहित अग्र स्थानमा छन । निकटतम प्रतिस्पर्धि राजपाका एकवाल मियाको ४४४२ मत छ । र काग्रेशका लालबाबु सिंहको ४०६८ मत छ ।