बारा अपडेट ८ बजे सम्मको

स्थानिय समाचार

114 Views

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ उमाकान्त चौधरी (नेपाली कांग्रेस) ४१६४ अग्र स्थानमा हुनुहुन्छ । अच्युत मैनाली (एमाले) ३९७० मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १०६३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
बारा क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ रामसहाय यादव (संघिय समाजवादि फोरम) ४३४३ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने राधेचन्द्र यादव (नेपाली कांग्रेस) २२४० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै शिवचन्द्र कुशवाहा (माओवादी केन्द्र) १७३४ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
क्षेत्र नम्बर ३ प्रतिनिधि सभातर्फ फरमुल्लाह मंसुर (कांग्रेस) २७७५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने अध्यानन्द पाण्डे (एमाले) २६२६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । रामबाबु कुमार यादव (संघिय समाजवादि फोरम) १८८२ तेस्रो स्थानमा हुनुहुन्छ  ।

क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ देवनारायण चौधरी (एमाले) ४६२६ पहिलो स्थानमा हुनुहुन्छ । एकवाल मिया (राजपा) ४४४२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने लालबाबु सिंह (कांग्रेस) ४०६८ तेस्रो स्थानमा हुनुहुन्छ ।

bara update election

अन्य थप अपडेट हेर्न Nijgadh.com फेसबुक पेज हेर्नुहोला ।