सिगौलमा सभागृहको अधुरो भवन पुरा गर्न महायज्ञ लगाईदै

स्थानिय समाचार

105 Views

निजगढ नगरपालिका २ सिगौलमा जनता सभागृहको अधुरो भवन पुरा गर्ने उदेश्यले आर्थिक संकलन गर्न श्रीमद् भागवद महायज्ञ आयोजना गरिने भएको छ ।
तत्कालीन बारा क्षेत्र नं. ६ का सासंद एवं युवा तथा खेलकुद पूर्व मन्त्री पुरुषोत्तम पौडेलले शिलान्यास गरेको सो भवन निर्माणको क्रममा रकम अपुग भएर अधुरो बनेपछि रकम संकलन गर्न आगामी माघ २६ गतेबाट यज्ञ आयोजना गर्न लागिएको हो । स्थानीय शिव मन्दिर परिशरमा श्रीमद् भागवत ज्ञान सप्ताह महायज्ञ आयोजना गरिने भएको भएको छ ।
महायज्ञमा ५० हजारभन्दा माथि आर्थिक सहयोग गर्ने चन्दा दाताको नाम शिलालेखमा लेखिने समितिको योजना रहेको छ। तत्कालीन बारा क्षेत्र नं. ६ का सासंद एवं युवा तथा खेलकुद पूर्व मन्त्री पुरुषोत्तम पौडेलले शिलान्यास गरेको सो भवन निर्माणमा सांसद विकास कोषबाट १५ लाख, सहरी विकास कोषबाट ५ लाख गरी २० लाख रुपैया खर्च भएको निर्माण समितिका अध्यक्ष मनकुमार थापाले जानकारी दिएका छन्।
maha yagya