Breaking News
Home / खेलकुद / बृहत खेलकुद महोत्सबको फुटबलमा नवदुर्गा युवा क्लब सिमरा विजयी (With Video)

बृहत खेलकुद महोत्सबको फुटबलमा नवदुर्गा युवा क्लब सिमरा विजयी (With Video)

निजगढमा भईरहेको बृहत खेलकुद महोत्सबको फुटबलको फाईनल खेलमा नवदुर्गा युवा क्लब सिमरा विजयी भएको छ।

बिनोद भारती बिजेतालाई पुरस्कार दिदै

बारा निजगढमा  सञ्चालन भइरहेको बृह्त् खेलकुद महोत्सव अन्तर्गत आइतवार भएको फूटबल प्रतियोगिताको फाइनल खेलमा नवदुर्गा युवा क्लब सिमराले आफ्नो जित हात पारेको छ ।
हनुमानगन्ज युवा क्लब कोल्भीलाई २ का विरुद्ध ४ गोल गरी नवदुर्गा युवा क्लब सिमराले प्रथम स्थान हात पारेको छ भने हनुमानगन्ज युवा क्लव कोल्भी उपविजेता बन्न पुगेको छ ।  सो खेलमा मुख्य रेफ्री शम्भु थापामगर, सहायक रेफ्री धनबहादुर लामा र श्रवण श्रेष्ठले भूमिका निर्वाह गरेका थिए ।    फूटबल, भलिबल, म्याराथुन (दौड), बुद्धिचाल, टेबल टेनिस र तेक्वान्दो गरी बृहत् खेलकुद महोत्सवमा ६ विधामा पाँच सयभन्दा बढी खेलाडीले भाग लिएका थिए ।
आइतवार भएको समापन कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरे भने फूटबल खेलमा प्रथम हुने टिमलाई स्थानीय युवा समाजसेवी विनोद भारती, प्रमोद भारतीद्वारा ३० हजार पुरस्कार स्वरूप प्रदान गरेका थए  । त्यसैगरी उपविजेता टिमलाई खेलकुद विकास समिति गाविस निजगढ दा्रा  २० हजारको नगद चेक हस्तान्तरण गरिएको थियो।
त्यसै बुद्धिचालतर्फ प्रथम हुने स्थानीय समाजसेवी किशोर नेपाल र उपविजेता रामकृष्ण नेपाललाई प्रमाणपत्र, मेडल, नगद पुरस्कारबाट सम्मान गरियो ।
टेबल टेनिसका विजेता खेलाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय, बारा निजगढका प्रहरी निरीक्षक मनोजकुमार शाही र दौड तर्फका श्रीकृष्ण श्रेष्ठलाई पनि प्रमाणपत्र, मेडल, नगदबाट पुरस्कृत गरियो ।
समापन समारोहमा स्थानीय युवा समाजसेवी विनोद भारती, किशोर नेपाल, गौरीशँकर उच्च माविका प्रचार्य सुदर्शन कोइराला, नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष एम समीउल्लाह, गुरुप्रसाद गौतम, फिफा रेफ्री गजेन्द्रमान सिंह, एकबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खेलका संयोजक दिलबहादुर लामाले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । आयोजक नेपाल खेलकुद क्लब निजगढका अध्यक्ष जितसिंह लामाको अध्यक्षतामा सम्पन्न समापन समारोहको अग्रज खेलाडी मानध्वज लामाले सञ्चालन गरेका थिए । र अन्त्यमा नेपाल खेलकुद क्लब निजगढका अध्यक्ष जितसिंह लामाले यस्ता खेल अब निजगढमा आयोजना गरीराख्ने निजगढ डट कमलाई जानकारी गराउनु भयो ।

अन्य जानकारी हामी राख्दै गर्छौ

<iframe width=”640″ height=”360″ src=”http://www.youtube.com/embed/2jRYLJpquFU?feature=player_detailpage” frameborder=”0″ allowfullscreen></iframe>

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com