Home / भिडियो / प्रशान्त तामाङ निजगढ आउने भब्य तयारी

प्रशान्त तामाङ निजगढ आउने भब्य तयारी

Prashant Tamang Migma Sherpa Kunti moktan Avinash ghising concert in Nijgadh

यहि मिति २०६९माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।   राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ एकता हाम्रा आदर्श हुन’ भन्ने नाराका साथ सोनाम ल्होसार सर्प वर्ष मनाउने तयारीमा तामाङ यूवा संघ बारा निजगढ जुटेको छ । नेपाल तामाङ युवा संघ बाराको आयोजनामा हुने सोनाम ल्होसारको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापा प्रमुख अतिथि रहनु हुनेछ। साथै कार्यक्रममा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ,   चर्चित गायिका कुन्ती मोक्तान, गायक मिङमा शेर्पा, डिजे शिशिर , अबिनाश घिसिङ र स्थानीय ‘अननोन ब्याण्ड’को समेत प्रसतुती रहने कार्यक्रमका संयोजक पेमा सिद्धि लामाज्यु ले जानकारी गराउनु भयो र सो कार्यक्रम नि:शुल्क हेर्न पाईने संयोजक लामा ज्यु ले  बताउनुभयो । कार्यक्रम संयोजक लामाले ल्होसार कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ। निजगढमा रहेको ४० हजार जनसंख्या मध्ये ३१ प्रतिशत तामाङ समुदायको बसोबास रहको छ।सो कार्यक्रमको अफिसियल वेबसाईट Nijgadh.com रहने छ र कार्यक्रमको सम्पुर्ण गतिबिधी फोटो , भिडियोहरु निजगढ डट कममा हेर्न पाईने छ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com

Comments

  1. sp pandey says:

    La ramailo hune vooo prashant Tamang aunae Vayae pachiii………………

    1. निजगढको केटो says:

      hehehe ho ta SP pandey jeeee

  2. indeep says:

    Will See u all

    1. निजगढको केटो says:

      @indeep Sure man

  3. Chandra says:

    Wow ok we willl see him Thanks keep On going Nijgadh.com