Breaking News
Home / व्यापार / सुरु भयो निजगढ ल्होसार महोत्सब मेला

सुरु भयो निजगढ ल्होसार महोत्सब मेला

Nijgadh Motsab

निजगढकै ईतिहासमा ठुलो मेला  निजगढ ल्होसार महोत्सब   मिती २०६९-१०-२५ गते सुरु भएको छ। सो महोत्सव २०६९-११-०५ सम्म रहने उक्त महोत्सवका सँयोजक भिम रुम्बाले निजगढ डटकमलाई जानकारी गराउनु भयो । महोत्सवको उदघाटन उधोग वाणिज्य सँघका निजगढ  शाखाका अदक्ष्य  शम्भु बुढाथोकीले गर्नु भएको छ। महोत्सवमा रोटे पिङ्ग , ब्रेक डान्स झुला, ड्रागन ट्रेन, मोतका कुवाका साथै बिभिन्न मनोरन्जनात्मक तथा ब्यापारिक स्ट्लहरु राखीएको छ ।
मूल  आयोजक समितिमा, संयोजक -भिम रुम्बा ,उप-सचिब -बिनोद घिसिङ्ग , सचिब -प्रलाद वाइबा रहेका छन। महोत्सव  मेला हेर्न रु १०को टिकट लाग्ने भएको छ। र यस्ता कार्यक्रम अब प्रत्येक बर्ष आयोजना गर्ने महोत्सबका सदस्यहरुले जानकारी गराउनु भयो । महोत्सबमा दर्शकहरुको बाक्लो भिडलागेको छ। महोत्सब हेर्न आएका युवा गौरव राम शर्माले भने “निजगढमा पनि यस्तो मेला हेर्न पाईयो निकै खुसी लाग्यो ” र आयोजक टिमलाई बिशेष धन्यवाद दिए पनि ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com