You are here
Home > समाचार > स्वास्थ्य केन्द्र निजगढको विधुत लाइन काटियो

स्वास्थ्य केन्द्र निजगढको विधुत लाइन काटियो

23 Views

चार दिनदेखि प्राथमिक स्वास्थ्य केन्द्र निजगढ विद्युत् लाइनविहीन बनेको छ । विद्युत्को बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले स्वास्थ्य केन्द्रको लाइन  काटिदिएको हो । विद्युत् नभएपछि स्वास्थ्य उपचार सेवामा बाधा उत्पन्न भएको छ । स्वास्थ्य केन्द्रको नाममा  रहेका प्राधिकरणलार्इ  तिनुपर्ने बक्यातौ रकम केन्द्रले प्रयोग गरेको बिजुलीको नभई संयुक्त सुरक्षा क्याम्पले प्रयोग गरेको बिजुलीको बक्यौता रकम भएको स्वास्थ्य केन्द्रले जनाएको छ । सशस्त्र माओवादी द्वन्द्वकालमा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त क्याम्प प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा बसेको थियो ।  झन्डै ५ वर्षसम्म बसेको संयुक्त सुरक्षा क्याम्पले प्रयोग गरेको बिजुलीको  बक्यौता रकम हालसम्म नतिरेको प्राथमिक स्वास्थ्य केन्द्र निजगढले  जनाएको छ । “संयुक्त सुरक्षा क्याम्पका  बेला उनीहरूले महशुल तिरेनन् । स्वास्थ्य केन्द्रको त्यत्रो रकम तिर्न सक्ने क्षमता छैन,” स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारीहरूले  प्रतीकलाई बताए । सुरक्षा फौज बसेको अवधिमा करिब ३ लाख रुपैयाँ प्राधिकरणलाई तिनुपर्ने विद्यतु  महशलु का े रकम बाक“ ी छ । प्राथमिक स्वास्थ्य केन्द्रको नाममा मिटर रहेकोले नेपाल विद्युत्  प्राधिकरणले बक्यौता नबुझाएको भन्दै स्वास्थ्य केन्द्रको विद्युत् लाइन काटिदिएको हो । स्वास्थ्य केन्द्रले प्रसुति, आकस्मिक, ओपीडी, भ्याक्सिन लगायतका स्वास्थ्य सेवाहरू दिंदै आएको छ । विद्युत् नभएपछि हाल उक्त सेवाहरू प्रभावित भएका छन् । “भ्याक्सिनलाई २४ सैं घण्टा फ्रिजमा राख्नुपर्ने हुन्छ । फ्रिजमा नराखे त्यसले काम गर्दैन,” स्वास्थ्य केन्द्र प्रमुख डा. शड्ढर काप्लेले  बताउछन् । यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय बारामा पटक–पटक लिखित तथा मौखिक जानकारी गराएपनि चासो नदिएको केन्द्रका  स्वास्थ्यकर्मीहरू बताउछन् ।
प्राथमिक स्वास्थ्य केन्द्र निजगढबाट निजगढ, रतनपुरी, भरतगंजसिगौल, टा“गियाबस्ती, कोहल्वी, सपहीलगायत छिमेकी जिल्ला मकवानपुर, रौतहटका १ दर्जनभन्दा बढी गाविसका बासिन्दाहरूले सेवा लिइरहेका छन् । हाल मौसम परिवर्तनको समय भएकोले अन्य समयभन्दा बिरामीको चाप बढेको तर यही समयमा विद्युत् लाइन काटिएकोले
उपचार गर्न गाह्रो भएको डा. काप्लेले बताएका छन् ।

Top