हिंसामुक्त बनोस् मेला

रिसव गौतम
विश्वकै अत्यधिक पशुबली दिइने प्रचलन रहेको गढिमाई मेला मंसिर ९ गतेबाट प्रारम्भ हँुदै छ । ५ वर्षको अवधिमा लाग्ने उक्त मेलाको आफ्नै धार्मिक महत्त्व र आस्था छ । तर बारा, रतनपुरी गाविसका तपस्बी रामबहादुर बमजन जो केही वर्षयता बुद्धत्व प्राप्तिका लागि तपस्यारत छन्, उनले उक्त मेलामा कुनै हालतमा काटमार गर्न नदिने अभिव्यक्ति दिइरहेका छन् । केही अहिंसा प्रेमी संस्थाहरूले पनि बलि प्रथाको विरोध गर्दै आइरहेका छन् । हिंसाको विरोध जायज कुरा हो ।
आखिर मान्छे र पशुमा फरक के छ ? मान्छे बोल्न सक्छ, पशु सक्दैन, त्यति न हो आखिर । मान्छेले आफू जस्तै प्राणीको बली दिएर भगवान्को आशीर्वाद कसरी प्राप्त गर्न सक्ला ? मान्छेको भगवान् हुन्छ भने पशुको चाहिँ हुँदैन र ? निम्छरा पशुपन्छीको टाउको छेदन गरेर खरिद गरिने आशीर्वादले तपाईं हाम्रो जीवनमा परिवर्तन र प्रशन्नता ल्याउँछ नै होला र ? यो असम्भव छ । रामबहादुर बमजनहरूले उठाएको शान्ति र अहिंसाको सोचले वर्तमान धर्मनिरपेक्ष मुलुकमा ठूलो महत्त्व राख्छ । राज्य पुनःसंरचना, संघीयता, संविधान र नयाँ नेपालको बहस चलिरहँदा वास्तविक रूपमा फेर्नुपर्ने प्रवृत्ति भनेको हिंसा नै हो ।
प्रत्येक पाँच वर्षमा बाराको बरियापुरमा लाखौं निमुखा पशुको बलि दिने परम्परा छ । देवीका नाममा लाखौं निर्दोष पशुको बलि दिनु ठीक छ ? वैज्ञानिक एवम् आधुनिक समाजमा यो सोचनीय प्रश्न हो । धर्मका नाममा बलि दिनु उचित छैन । धर्मले पशुपन्छी र मानिसलाई समान मान्छ । धर्ममा पशुलाई र मान्छेलाई भिन्नभिन्न व्यवहारको कुनै सवाल रहँदैन । अहिंसा शान्तिको प्रतीक हो । अहिंसाविहीन समाजमात्र सचेत समाज हो । शान्तिका लागि अहिंसा अनिवार्य छ ।
यहाँ मुसादेखि राँगासम्म पाँच लाखभन्दा बढी पशुको बलि हुनेछ, धर्मका नाममा हुने यस्ता रूढीवादी संस्कारको अन्त्य हुन सक्दैन् ? यति ठूलो संख्यामा पशुपन्छी बलि दिनाले वातावरण असन्तुलित हुन्छ । विभिन्न खतरनाक सरुवा रोगको माहामारी फैलिरहेका बेला त्यहाँ कस्तो वातावरणीय परिस्थितिको सिर्जना होला ? यसतर्फ पनि सबैको ध्यान जानुपर्छ । असंख्य पशुबलिका विरुद्ध भारतीय अधिकारकर्मी मेनका गान्धीले प्रधानमन्त्री माधव नेपाललाई पत्र पढाइसकेकी छन् । राजनीतिक निर्णयमा भारतको हस्तक्षेपलाई जो आज्ञा प्रभु भन्ने नेता र सरकार पशुअधिकारका बारेमा किन मौन छन् ?
( रिसव गौतम )लेखक गोर्खापत्र र नेपाल समाचारपत्रको लेखक हुनुहुन्छ



lekh ma chai duum 6 hai sir . nice article
nice article keep it up bro ……
धेरै सान्दर्भिक र मननीय कुरा! यो बर्बरताको अन्त्य हुनैपर्छ। मासु खान मन लाग्नेले आफ्नो घरमै काटेर खाए हुन्छ, किन देवीको निहुँ पारीरहनु?!
Risap ji nice article ya we should stop this bali in temples
i m so much happy that i got this article . its true we should stop bali we are now in 21st century .but i am not saying that we shuld not leave to pray god but we shouuld not give bali in temples….. thank you
i am fully support with Mr basanta sir . well we should stop stop stop this activities of balli in ghadamai temple