६० वर्षिया बृद्धालाई सामुहिक बलात्कार

धिरज अधिकारी
निजगढ
भारतको मोतिहारी घर भई बाराको बरियारपुर स्थित गढीमाईको दर्शन गर्न तथा मेला हेर्न भनि आएकी ६० वर्षिया बृद्धालाई बाराकै रतनपुरी स्थित आफन्तको भेटघाटको लागी जाने क्रममा बिच बाटोमा लागुपदार्थ सेवन गर्ने ४ जना युवाहरुको समुहले सामुहिक बलात्कार गरेका छन् । साथै पिडित बृद्धासंग भएको भारतिय रु पन्ध्र शय र गहना समेत लुटिएको बृद्धाको बयान छ । अभियुक्त ४ जना मध्ये १ जनालाई प्रहरीले पक्राउ गरिएको जानकारी ईलाका प्रहरी कार्यालय निजगढले दिएको छ । निज बृद्धा हाल प्रहरी संरक्षणमा रहेकी छिन । बृद्धालाई आवश्यक उपचारार्थ निजगढ स्थित समुदायमा आधारित प्रसूतिगृह लगिएको थियो ।

Comments (1)

  1. Vishnu says:

    very bad news ..k bhako hola keta haru lai..pashu jasto bebahar pani garne ho…kada sajaye dinu parchha tini haru lai..

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Advertizement

Designed by Pralad timalsina

Designed by Pralad