गढीमाई मेलामा एकै जनाले ल्याए १ सय ५ राँगा

raga

बारा, मङ्सिर ९
गढीमाई मेलामा एकै व्यक्तिले १ सय ५ राँगाको बलि दिने भएका छन्।

पुत्रविहीन अवस्थामा गढीमाईको आराधना गर्दा पुत्र प्राप्ति भएकाले भाकल पूरा गर्न उनले सो संख्यामा राँगा बलि दिन लागेका हुन्। भारतको सीतामढी बस्ने रमणठाकुर भूमिहारले भारतबाट ती राँगा ल्याएको गढीमाई मन्दिर सञ्चालन एवम् विकास समितिका विजय स्वर्णकारले बताए।

मंगलबार बिहान सप्तबलिबाट शुरू हुने बलिका लागि विभिन्न व्यक्तिले २० हजार राँगा ल्याइसकेको थाहा भएको छ। गढीमाईमा यस वर्षपहिलो पटक वधशालामा बलि दिने व्यवस्था मिलाइएको छ। त्यसका लागि मन्दिरको पूर्वपट्टि ब्रहमस्थाननजिक ४ बिघा जमिनमा ४५ लाखको लागतमा पक्की वधशाला निर्माण गरिएको छ।

गढीमाईमा बलि व्यवस्थित गर्न स्थानीय प्रशासनले मेलामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। बलिमा कुनै किसिमको अवरोध आउन नदिन मेला स्थलमा १ हजार २ सय प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले जानकारी दिए। विश्वमै सबैभन्दा बढी पशुको वध हुने हुँदा सो प्रथा रोक्नुपर्ने पशुअधिकारवादीहरूले माग गरेका छन्।

Leave a Reply

Want Chat us from your favorite Instant Messenger. Click any one.

Nijgadh on Facebook

Add me on my Profile
??????? ????

Your ads Here

for ads

Advertizement

for ads