अविरल वर्षाका कारण बाराको निजगढमा निजगढ नगरपालिकाले २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

निजगढ नगरपालीकाले जारी गरेको सुचना अनुसार असार १६ र १७ गतेका दिन विद्यालयहरु बन्द रहने छन । लगातार वर्षा भएपछि  विद्यालयको नियमित कक्षा सन्चालन हुन गारो भएकोले सो निर्णय गरेको हो  । सडक भरि पानी भएकाले विद्यार्थीहरुलाई विद्यालयसम्म पुग्न समस्या दखा परेकाले निजगढ नगरपालीकाले विद्यालय दुई दिन बन्द गर्न निर्णय गरेको हो।

झरी र लगातार वर्षा भएपछि निजगढ वडा नं ७ ,८ र ९ मा घरहरु डुबानमा पर्ने गरेका छन् । पानीको उचित निकाश नहुदा सो समस्या पर्ने गरेको छ ।

निजगढ नगरपालिकाले पछिल्लो समय निर्माण गरेको सडकमा नालाको राम्रो प्रवन्ध हुन नसकेका कारण नगरमा बाढी र डुवानको समस्या उत्पन्न भएको स्थानीय पदम प्रसाद तिमल्सिनाले बताउनुभयो । पानी जमेर लगाइएको सागसब्जी नाश हुदा आगामी दिनमा सो तरकारी लगाउन हरेक किसानको मनै मरेको उहाँको भनाइ छ ।

गहिरो पारेर नाला बनाइनुपर्नेमा हाल निर्माण भएका अधिकांश नाला बस्ति भन्दामाथि अग्लो स्थानमा भएकोले पानी निकास हुन नसकेर बस्ती डुबानमा परेको उहाँको भनाइ छ ।

पानीकै कारणले हरेक पटक निजगढ जमुना पैनीको पुर्व पश्चिम राजमार्णमा सवारी साधनहरु आवत जावतमा समस्या आउने गरेको छ । यदी निजगढ नगरपालीकाले वेलैमा बगेर आउने पानीलाई उचित निकास दिनेहो भने सो समस्याहरु आगामी दिनमा कमि हुने थियो ।

वर्षसंगै आएको बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेससहित पुर्वपश्चिम लोकमार्गको शहिद चोक क्षेत्र लगायत विभिन्न स्थानका घर, पसल र कार्यालयहरु डुवानमा परेका जनजीवन प्रभावित बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय