About bara district
जिल्लाको परिचय
नामाकरण :- यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रुपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ ।
प्रतिव्यक्ति आय सबैभन्दा बढी भएको जिल्ला :- नेपालीको प्रतिव्यक्ति आय २४० अमेरिकी डलर रहेको वर्ष(२०५८ साल) मा बारा जिल्लावासीको प्रति व्यक्ति आय ३९६ अमेरिकी डलर रहेको थियो ।
नारायणी अञ्चलमा सबैभन्दा बढी दु्रत गतीमा जनसंख्या वृद्धि भएको जिल्ला :- २०५८ सालको जनगणनाको नतिजा अनुसार जिल्लागत हिसाबमा सातौ, मध्यमाञ्चल विकास क्षेत्रमा काठमाण्डौ पछिको र नारायणी अञ्चलमा सबै भन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला बारा रहेको छ ।
रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति भएका उद्योगहरु सबैभन्दा बढी भएको जिल्ला :- बारा जिल्लामा औद्योगिक गणना २०५९ को नतिजा अनुसार १० वा सो भन्दा बढी नियमित कामदार कार्यरत रहेका उद्योग प्रतिष्ठानहरु जम्मा ११९ वटा थिए । नेपालमा जम्मा ३२१३ वटा त्यस्ता उद्योग सञ्चालनमा रहेको उक्त वर्ष१२२ वटा उद्योगको मात्र रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति रहेको थियो । ती १२२ मध्ये १९ वटा उद्योगहरु बारा जिल्लामा सञ्चालित थिए । साथै, त्यस आंकडा अनुसार बाराका ८ वटा उद्योगहरुमा २०० जना वा सो भन्दा बढी कामदारहरु कार्यरत रहेका थिए । स्वदेशि र विदेशीको संयुक्त नीजि लगानीमा उक्त सालसम्म नेपालमा स्थापीत भएका कूल २८ वटा उद्योगहरु मध्ये ४ वटा बारा जिल्लामा सञ्चालनमा रहेका थिए।
सबैभन्दा बढी क्यालोरी खाद्यान्न उपलब्ध हुने जिल्ला (दशलाख किलो क्यालोरी): बारा जिल्ला: २२८३.२।नेपाल : ६७२
जिल्लागत आधारमा सबैभन्दा बढी Cereal Calorie Balance in person per day हुने जिल्ला :बारा: १६५६।नेपाल: ८८
१. भौगोलिक अवस्था : २६˚५१’ देखि २७˚ २’
२ देशान्तर : २४˚ ५१’ देखि ८५˚१६’ पर्व
३ क्षेत्रफल :११९० वर्ग कि.मी.
४ उचाई : १५२ मि. देखि ९१५ सम्म ( समुद्र सतहदेखि
५ सिमाना:-
पुर्व – रौतहट
पश्चिम – पर्सा
उत्तर – मकवानपुर
दक्षिण – भारतको बिहार राज्य
६ हावापानी
शितोष्ण तथा समशितोष्ण
औसत अधिकतम तापक्रम ३१.३ से.
न्यनतम तापक्रम १८ से.
औसत वर्षा १७६०.६ मि.मि.
७ राजनैतिक तथा प्रशासनिक विभाजन
विकास क्षत्र मध्यमाञ्चल
अञ्चल नारायणी
सदरमुकाम कलैया
निर्वाचन क्षेत्र संख्या ६
ईलाका नम्वर संख्या १
८ जनसंख्या
जनसंख्या ५,५९,१३५ जना
पुरुष २,८९,३७९ जना
महिला २,६९,७३८ जना
घरधुरी संख्या ८७,७०६
कूल जनघनत्व ( प्रति वर्ग कि.मि. ) ४७०
सरदर जनसंख्या बृद्वि दर २.७ प्रतिशत
सरदर आयू ५८.५८ वर्ष


