मनाईयो शहीद हिरालाल गौतमको स्मृति दिबस निजगढमा

समाचार

110 Views



नेकपा एमाले पोलिटव्युरो सदस्य अरुण नेपालले संविधान सभाको निर्वाचनमा फेरि पनि एमाओवादी पहिलो पार्टीको रुपमा स्थापित बनेमा अब पनि संविधान निर्माण हुन नसक्ने बताएका छन । उनले माओवादीले जित संविधान बन्नुको सट्टा देश थप संकट र विखण्डको दिशामा जाने चेतावनी दिए ।
शहीद हिरालाल गौतमको स्मृति सभा तथा युवा संघ नेपाल निजगढ गाउ“ समितिको अधिवेशन उदघाटन कार्यक्रममा बोल्दै नेता नेपालले बुधबार सो कुरा बताएका हुन । उनले आफुलाई सच्चा कम्युनिष्ट दावी गर्ने माओवादीले जातिय मुद्दा उठाएर देशमा भा“डभैलो मच्याएको र नेपाली जनताले निर्वाचनमार्फत उसलाई सजाय दिने पनि बताए ।  ‘जनताले अब माओवादीलाई भोट दिने छैनन, उनले भने, ‘जनतासंग डराएर नै माओवादी नेताहरु मधेसवादी र अन्य जातिबादीहरुसंग मोर्चा बनाएर चुनाव लडने योजनामा छ ।’ उनले भने । पार्टी विभाजन र जनताको विश्वास समेत गुमाएकाले  माओवादीको पराजय निश्चित भएको उनले बताए । रोल्पा र काठमाण्डौबाट निर्वाचन नजित्ने देखेपछि माओवादी अध्यक्ष प्रचण्डले मधेसबाट निवाचन लडने घोषणा गर्दै हिडन थालेको पनि उनले बताए ।  आफुले दिएको आश्वासन पुरा गर्न नसकेपछि माओवादीलाई जनताले फेरि पनि पत्याउने अबस्था छैन । उनले भने ।
उनले आगामी संविधान सभाको निर्वाचनामा नेकपा एमाले विजयी बनेमात्र देशमा लोकतान्त्रिक संविधान निर्माण हुन सक्ने बताएका छन ।  संविधान सभाको गत निर्वाचनमा पहिलो र दोस्रो पार्टी बनेका एमाओवादी र नेपाली काग्रेशका कारण संविधान निर्माण हुन नसकेको बताउदै अबको निर्वाचनमा एमाललेलाई जिताउनु पर्ने बताए । उनले माओवादीलाई ‘बहर’ र काग्रेशलाई ‘बुढो गोरु’ को संज्ञा दिदै दुबैलाई तह लगाएर संविधान निर्माण गर्न एमाललेको जित आवश्यक भएको बताए । कार्यक्रममा एमाले केन्द्रीय कमिटी बैकल्पिक सदस्य अच्युत मैनाली, सल्लाहाकार समितिका केन्दीय सदस्य पुरुषोत्म पौडेल, युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ्ग, सचिव क्रान्ति बुर्लाकोटी, एमाले बारा अध्यक्ष बलवीर चौधरी, युवा संघ जिल्ला सचिव भिमसेन सापकोटा, एमाले केन्द्रीय प्रतिनिधि परिषद सदस्य भरत खडका, गाउ“ कमिटी सदस्य थानेश्वर सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
एमाले  निजगढ गाउ“ कमिटी अध्यक्ष दिलबहादुर लामाको अध्यक्षतामा भएको  सो कार्यक्रमको संचालन प्रकाश सापकोटाले गरेका थिए । कार्यक्रम अघि एमाले नेता कार्यकर्ताहरुले निजगढ ३ स्थित शहीद स्मृति पार्कमा पुगेर हिरालालको शालीकमा माल्यापण समेत गरेका थिए ।
यसैबीच अधिवेशनले टेकबहादुर लामाको अध्यक्षतामा   ३३ सदस्यीय युवा संघ गाउ“ कमिटीको चयन गरेको छ । कमिटीको उपाध्यक्ष गोविन्द गौतम, रिता भण्डारी, तोकबहादुर लामा,  सचिव सुदिप तिमल्सिना, सहसचिव राजिव थापा मगर, कोषाध्यक्ष सुनिता पाण्डे र सदस्यहरुमा गोमा सापकोटा, पुरुषोत्म भट्राई, जयप्रकाश ढुङ्गाना, फत्तप्रसाद चौलागाई, बुद्धिमान बल, सन्तोष ज्ञावाली, रमेश तिमल्सिना, खेमकुमारी खडका, विष्णुप्रसाद सुवेदी, गोपाल परियार, सुवोध तिमल्सिना, हेमप्रसाद गौतम, सुरेश घिमिरे, गायत्री गौतम, गायत्री घिमिरे, अष्मिता थापा, जनक तिमल्सिना, पेमा लामा, सुवर्ण लामा, रुपक लामा, विष्णु लामा, नारायण अधिकारी, प्रलाद  तिमल्सिना, विन्देश्वर धामी, दिल कु“वर र सुवाश लामा रहेका छन ।