एमाले बारा काठमाण्डौं सम्पर्क मञ्चको अधिवेशन सम्पन्न

समाचार

78 Views

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बारा काठमाण्डौ सम्पर्क मञ्चको दशौं अधिवेशन शनिबार शंकरदेव क्याम्पसमा सम्पन्न भएको छ । अधिवेशनलाई सम्वोधन गर्दै पोलिटव्युरो सदस्य मुकुन्द न्यौपानेले एमाओवादीको सर्वसत्तावादी चरित्रका कारण संक्रमणकाल लम्विएको गुनासो गरे । अधिवेशनमा एमालेका नारायणी अञ्चल संयोजक काशिनाथ अधिकारी, केन्द्रीय सदस्य एवम् बारा प्रतिनिधि अच्युत मैनाली, केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य बद्रि भट्टराई, बारा जिल्ला कमिटीका प्रचार प्रमुख कृष्ण पौडेल, सम्पर्क मञ्च सल्लाहकार परिषद संयोजक नारायण देवकोटा, सम्पर्क मञ्चका अञ्चल सहसचिव शिरिशचन्द्र गौतमलगायतले सम्बोधन गरेका थिए । सम्पर्क मञ्चका अध्यक्ष शिव रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उदघाटन सत्रपछि आयोजित बन्द सत्रले युवराज क्षेत्रीको अध्यक्षतामा संघको एक्काइस सदस्यीय नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । मञ्चमा उपाध्यक्ष प्रकाश खनाल, सचिव सुभलक्षण राय, सहसचिव सीता देवी उप्रेती, कोषाध्यक्ष बलराम देवकोटा, सदस्य शम्भुप्रसाद कुशवाहा, दिपेश रेग्मी, जितेन्द्र ठाकुर, लेखराज पोखरेल, विनोद खनाल, चोपराज खनाल, दामोदर ढुंगाना, अर्जुन अधिकारी, विनोद सापकोटा, हरिशरण काफले, लिलानाथ भटटराई, सगुन पोखरेल, सुमित्रा मैनाली, प्रभु दास तत्वा, अरुणकुमार चौधरी रहेका छन् ।