जग्गाधनी पुर्जा चल्तीमा ल्याउन निजगढमा दबाब

समाचार

59 Views

प्रलाद तिमल्सिना ,निजगढ

निजगढमा शनिवार उच्चस्तरीय सुकुमबासी समस्या समाधान आयोग बाराले व्यवस्थित बसोवास प्रयोजनका लागि १५ वर्षअघि वितरण गरेको  ग्गाधनी पुर्जा हालसम्म पनि चलनचल्तीमा नल्याइएको जनाउ“दै सङ्घर्ष समिति गठन भएको छ ।
गठित समितिको अध्यक्ष सावित्रीदेवी भारती, उपाध्यक्षद्वयमा पद्म बहादुर भण्डारी एवं कर्णबहादुर लामा, सचिव विदुरलाल श्रेष्ठ र कोषाध्यक्षमा रविराज द·ाल छन् । निजगढ गाविसको सभाहलमा भएको भेलाले सङ्घर्ष समिति गठन गरके ा े हो । उच्चस्तरीय सुकुमबासी समस्या समाधान आयोग बाराले २०५५ सालमा व्यवस्थित बसोवास प्रयोजनका लागि वितरण गरेको जग्गाधनी प्रमाण पुर्जा २०६७ सालमा आयोगले नियमन गरी  पुनः वितरण गरेको प्रमाणित पुर्जा हालसम्म पनि चलनचल्तीमा ल्याउन राज्यले आनाकारी गरिरहेकोले जनताको कार्ययथाशीघ ्र कायानर््वयन हनु पुर्ने गठित सङ्घर्ष समितिले जनाएको छ । सङघ्र्ष समितिले वर्षांै बितेपनि जग्गाधनी पुर्जा चलनचल्तीमा ल्याउनका लागि कुनै प्रक्रिया अगाडि नबढाएकोले आवश्यक कागजातसहित बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । सो समिति गठन निजगढ गाविस भवनमा भएको थियो।