दुखै दुखमा तपस्वी रामबहादुर बमजनका घर परिवार

समाचार स्थानिय समाचार

73 Views

Ram Bahadur Bomjan Tamang

तपस्वी रामबहादुर बमजनको घरपरिवारका ४ जना सदस्य रोजगारीका लागी खाडी मुलुक गएका छन् ।

मनुष्य र प्राणी जगतलाई शान्ति सन्देश दिन निराहार तपस्यामा रही बुद्धत्व प्राप्त गरेका तपस्वी रामबहादुर बमजनको घरपरिवारका सदस्यहरूले शान्ति पाउन सकेका छैनन् । तपस्वी बमजनका जेठा दाजु गङगाजीत, काहिला भाइ श्याम, कान्छा भाइ बाबु र बहिनी नमाया ६ महिनादेखि मलेसियामा कामका लागि गएका छन् । तपस्यास्थलमा रहदै आएकी बहिनी मनमाया रोजगारीका लागि विदेशिएपछि हरू दाजुभाइहरू पनि रोजगारीका लागि गएका आमा मायादेवी बमजनले बताइन् । तीन बिघाभन्दा बढी खेतबारी भएपनि घरको आर्थिक अवस्था उकास्न रोजगारीका लागि छोराछोरीहरू विदेशिएका मायादेवीले बताइन् । गतवर्ष तपस्वी बमजनलाई विदेश भ्रमणमा जान राज्यसँग रातो पासपोर्ट, धर्म सङ्घ बमजनको नाममा राज्यले नागरिकता बनाइ दिनुपर्ने, कब्जामा लिएको बारा हलखोरियाको राष्ट्रिय वन क्षेत्रलाई धार्मिक वन घोषणा गर्नुपर्नेलगायतका माग राख्दै सडक अवरुद्ध गरेपछि समितिसँग घरपरिवारका सदस्यहरू असन्तुष्ट भएका तपस्वीका माइला दाजु दिलबहादुरले बताए । कसैको स्वार्थको लागि भाइ तपस्वीलाइ विवादमा पार्ने काम समितिले गरिरहेको दिलबहादुरले बताए । समितिले गरेको नचाहिंदो कार्यप्रति सहमति नजनाएपछि घरपरिवारका सदस्यहरूलाई तपस्वी भाइ राम बहादुर सँग भेटघाट गर्न नदिएको उनले बताए । तपस्वी राम बहादुर बमजन भने सर्लाहिको पत्थरघाटमा बस्दै आएका छन ।