अबिरल बर्षाकाको कारण निजगढ जोखिममा (फोटो सहित)

समाचार

72 Views

Nijgadh sahid chowk rain effect

प्रलाद तिमल्सिना , निजगढ

हिजो देखी परेको अबिरल बर्षाको कारण निजगढको जनजिवन प्रभावित भएको छ । बर्षाको कारण निजगढ अबतारटोल देखि सहिद चोक सम्मको बाटो जलामय भएको छ । बाटोको संगै दुई साईडमा ढल भए पनि पानी बाटो बाटै पानी जादा सम्सया देखिएको छ । पानी निजगढ सहिदचोकका घरहरुमा समेत पसेको छ। अब पनि यो बिषयमा नेताहरुले नसोचेमा फेरी पनि निजगढमा बकैया खोला पस्नेछ त्यसैले अब यो बिषयमा अब दबाब कार्यक्रम राख्नु पर्छ भन्छन स्सथानिय सहिदकोका व्यापारी रामकुमार लामिछाने । उता खोलामा आएको बाढीले पुर्व पश्चिम राजमार्ग पथलैया निजगढ सडक खण्डको पिप्रा सिमरा गाबिसमा पर्ने दुधौरा पुलको वीचको भाग करीव ४।५ फिट धसिदा यातायाल अवरुद्ध भएको छ ।

दुधौरा पुल

अत्यधिक ढुंगा, गिटी, बालुवा निकासीका कारण राजमार्गका पुलहरु जेखिमा छन् ।

 

All Photos BY Bijaya lama