You are here
Home > समाचार > पासो थापे जङ्गली हात्तीलाई तर परे बालक

पासो थापे जङ्गली हात्तीलाई तर परे बालक

37 Views

elephant attack boy nijgadh baraनिरोज खतिवडा , रतनपुर

वाराको रतनपुर आईतबार शोकमा डुबेको छ , कारण  हात्तीलाई थापेको पासोमा स्थानिय बारा  रतनपुर ८ लालका प्रेम बहादुर विकका छोरा जिङ्ग विकले ज्यान गुमाएर ।आईतबार  बिहान घरबाट गुलेली खेल्न हिडेका विक नजिकै हात्तीलाई थापेको विधुतिय पासोमा परेर ज्यान गुमाएका छन । गाँउमा हात्तीले मकैबारी र अन्य बाली सखाप पारेको कारणले गर्दा गाउलेले उक्त पासो थापेको स्थानिए गाउले  हरि थापाले निजगढ डट कमलाई जनाएका छन । घटना बिहान करिब ६ बजे भएको सशस्त्र प्रहरी सुरक्षा अस्थायी बेस लालका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक मोतीराम थापाले बताए । गस्तीका क्रममा हामी पनि पर्न सक्थ्यौ होला  । लापरवाहीको कारण बालकको ज्यान गएको थापा बताउँछन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी टोली पुगेको थियो । मृतक बालक विकको पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल, वीरगँज लगिएको प्रहरी कार्यालय निजगढले जनाएको छ । सो घटनाले लाल ,रतनपुर र निजगढ बासी समेत दुखदमा परेका छन ।

 

Top