फुकुवा हुने भयो निजगढको अव्यवस्थित बसोबासीको पुर्जा

0
154
प्रलाद तिमल्सिना निजगढ , बारा
मालपोत कार्यालयले चलनचल्तीमा रोक लगाउँदै आएको बाराको निजगढ गाविसका अव्यवस्थित बसोबासीको जग्गाधनी पुर्जा फुकुवा गर्ने भएको छ ।
सुकुम्बासी समस्या समाधान आयोगमार्फत वितरण गरिएको जग्गाधनी पुर्जा जग्गाधनी पुर्जा फुकुवा हुनु पर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेपछि भुमिसुधार तथा व्यवस्था मन्त्रालयले गठन गरेको समितिले फुकुवाका लागि मन्त्रालयमा सिफारिस गरेपछि पुर्जा फुकुवा हुने भएको हो । समितिले  तयार पारेको प्रतिवेदनमा आयोगले राजश्व बुझेर श्रेस्ता समेत कायम गरी वितरण गरेको मध्ये निजगढका ३ सय ७३ थान पुर्जा फुकुवा गर्न समितिले सिफारिस गरेको संघर्ष समितिकी संयोजक सावित्री भारतीले जानकारी दिइन ।उक्त समितिले मंगलबार मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ र मन्त्रालयले जिल्ला मालपोत कार्यालयमा जानकारी गराउने र त्यसपछि पुर्जा चलनचल्तिमा  आउने रविराज दङ्गालले निजगढ डट कमलाई जनाएका छन  । संयोजक भारतीसहितको संघर्ष समितिको एउटा टोली तीन दिन (शुक्रवार) देखि काठमाण्डौंमा आएका छन  । सो फुकुवा हेने खबरले निजगढ बासी अत्यन्त खुसी रहेको बताउछिन अनिता मगर ।