चन्द्रनिगाहपुर–निजगढ सडक खण्डमा तीनको मृत्यु, २५ भन्दा बढी घाइते

समाचार

168 Views

पूर्व पश्चिम राजमार्ग अन्तरगत चन्द्रनिगाहपुर–निजगढ सडक खण्डको धन्सार पुल नजिकै दुर्घटना हुँदा तीनजनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।इँटाभट्टामा काम गर्ने कामदार बोकेर नवलपरासीतर्फ गइरहेको ना. ३ ख २७१५ नं.को बस र ना. १ घ ५३९ नं.को ट्रक एकापसमा ठोकिंदा बसचालक नवलपरासी निवासी गोरे भन्ने दीपक शर्मा, रौतहट पौराइका ७० वर्षीय सञ्चरी कुश्वार माझी र मकवानपुर छतिवन–४ निवासी ९ वर्षीय विनायक माझीको मृत्यु भएको इप्रका चन्द्रनिगाहपुरले जनाएको छ ।
सोही दुघर्टनामा घाइते हुनेहरूमा ट्रकचालक विराटनगर उपमहानगरपालिका–१ निवासी नारायण पौडेलसहित रौतहटका ७० वर्षीय ठूली माझी, ७० वर्षीया सुशीला माझी, २८ वर्षीया सानी माझी, २० वर्षीय भरत माझी, ८ वर्षीय सबिन माझी, नवराज घिसिङ, माया घिसिङ, सीता माझी, स·ीता माझी, खुम्बुङ माझी, सोनालाल माझी, नरेश कुशवाहा, शर्मिला माझी, हरकी माझी, अञ्जली माझी, दीपक माझी, वीरबहादुर माझी, काली माझी, सिन्धुली निवासी श्याम शर्मालागयत रहेका छन् ।

घाइतेहरूको नाउक्षे वीरगंजमा उपचार भइरहेको छ ।
नाउक्षे अस्पताल प्रहरी बिटका प्रसनि प्रदीप चौधरीले बताए अनुसार बस चालक पौडेलको उपचारार्थ अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने थप दुईजनाको घटनास्थलमैं मृत्यु भएको थियो ।
प्रहरीले दुवै सवारी साधन दु्रत गतिमा रहेका कारण नियन्त्रण हुन नसक्दा ठोकिएको प्रारम्भिक सूचना दिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका चपुरका प्रनि शेख अदालतले बताए ।

 

 

Comments