You are here
Home > समाचार > रेडक्रस निजगढको १ हप्ते विविध कार्यक्रम

रेडक्रस निजगढको १ हप्ते विविध कार्यक्रम

18 Views

प्रलाद तिमल्सिना , निजगढ
नेपाल रेडक्रस सोसाईटीको ५० औ स्वार्ण जयन्तीको अबसरमा निजगढ उपशाखा द्रारा  १ हप्ते विविध कार्यक्रम सँचालन गर्ने भएको छ ।
कार्यक्रमको पहिलो दिन अर्थात भदौ १३गते  रेडक्रस भवन शाखा निजगढमा वृक्षा रोपन, दोस्रो दिन भदौ १४गते रेडक्रस जुनियर/युवा सर्कल गोष्ठी रेडक्रस भवन शाखा निजगढमा, तेस्रो दिन भदौ १५गते  रेडक्रस भवन शाखा निजगढमा स्वास्थ्य तथा जनचेतना अन्तरकृया गोष्ठी,भदौ १६गते रेडक्रस भवन शाखा निजगढमा महिला कार्यक्रम,भदौ १७गते भरतगँज सिँगौलमा स्वास्थ्य शिविर ,भदौ १८गते रेडक्रस भवन शाखा निजगढमा प्राथमिक उपचार प्रतियोगिता,र अन्तिम दिन भदौ १९ गते रेडक्रस भवन शाखा निजगढमा रक्तदान कार्यक्रम  रहेको कृष्ण प्रसाद खरेलले निजगढ डट कमलाई जानकारी गराउनु भयो । साथै सो सम्पुर्ण कार्यक्रममा उपस्थिती हुन वहाँले निजगढ वासी र वरपर वासीलाई आग्रह समेत गराउनु भएको छ ।

Top