नेपाली काङ्ग्रेसको निजगढ वडा नं. ५ पार्टी कार्यालयको उद्घाटन गर्न गगन थापा निजगढमा

समाचार स्थानिय समाचार

70 Views

gagan thapa nijgadh congress nijgadh sadaktole  party open

प्रलाद तिमल्सिना निजगढ

नेपाली काङ्ग्रेसको निजगढ वडा नं. ५ पार्टी कार्यालयको उद्घाटन गर्न काङ्ग्रेसका प्रभावशाली युवा नेता गगन थापा भदौ १०गते सोमबार निजगढ आएका छन ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा २५० जना प्रवेश गरेको जनाएको छ। नव प्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गगन थापा, विशेष अतिथि पूर्व सभासद् शोभाकर पराजुली, महासमिति सदस्य पेमासिद्धि लामा, पार्टी निजगढका सङगठन विभाग प्रमुख सुरेश खनाललगायतले अबीर लगाएर स्वागत गरेका थिए।     वडा सभापति प्रेम समापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सुरेश खनालले गरेका थिए भने सञ्चालन भाइकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार, युवाहरूको ढुकढुकी, डम्बर नेपालीले आफ्ना चर्चित गीतहरु समेत प्रस्तुत गरेका थिए।

 


 

 


 

थप तस्विर यहाँ