नेपाल रेडक्रस दा्रा निजगढमा वृक्षरोपण

समाचार

125 Views

प्रलाद तिमल्सिना , निजगढ
नेपाल रेडक्रस सोसाइटीको स्वर्ण जयन्तीको अवसरमा बिहीवार बाराको निजगढमा वृक्षरोपण गरियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा निजगढको प्राड्डणमा आँपका दुई दर्जन भन्दा बढी बिरुवा रोपिएको जनाइएको छ । कार्यक्रममा रेडक्रसकर्मी, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराका ट्राफिक प्रहरी निरीक्षक सुनीलजंग शाह, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीषक मित्रबन्धु शर्मा, स्थानीय समाजसेवी, बुद्धिजीवी, एवं सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो । स्वर्ण जयन्तीको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमको आयोजना गरिने रेडक्रस सोसाइटी उपशाखा निजगढका सभापति कृष्णप्रसाद खरेलले निजगढ डटकमलाई जानकारी दिए ।