You are here
Home > समाचार > दिन दाहडै मोटर साईकल लुटेर कुटपिट निजगढमा

दिन दाहडै मोटर साईकल लुटेर कुटपिट निजगढमा

15 Views

प्रलाद तिमल्सिना , निजगढ

के तपाई निजगढ – पथलैया सडक खन्डमा एक्लै मोटरसाइकलमा हिडने सोचमा हुन हुन्छ यहि हुन्नु हुन्छ भने आफ्नो सोच बदल्नु होस किन कि एउटा त्यस्तै घटना घटेको छ जसले गर्दा एक्लै हिडन डरमरद्रो बनाउ छ ।

“मेरो मोटरसाइकल र नगद लुट्ने दुईजनामध्ये एकजनालाई समातेको थिए“ । नजिकैबाट चारवटा मोटरसाइकल एउटा जीप गयो । सहयोगका लागि कराए“ तर कसैले वास्ता गरेनन् । प्रतिकार गर्दा  म यो अवस्थामा पुगे  ” सीआरएस कम्पनी जनकपुरका फिल्ड असिस्टेन्ट कपिलवस्तु अजिगरा–६ का २३ वर्षीय राजेश यादवले उपचारका क्रममा आफु माथि भएको लुटपाटको वेदना यसरी सुनाए । लोकमार्गको निजगढ–पथलैया सडकखण्डमा शनिवार बिहान १० : ४५ बजे दिन दहाडै पेस्तोल देखाइ उनलाई लुटपाट गरिएको थियो । उनको बा. ५८ प ९० नम्बरको सुपर स्पेन्डर मोटरसाइकल, पर्स, झोला,एटीएम कार्ड र ४५ हजारको नेबिल बैकको चके समते लुटेराहरूले लुटेर लगेका छन् । कार्यरत कम्पनीको नारायणघाटस्थित कायार्ल यबाट फकर्दै गर्दा बाराको निजगढ–पथलैया सडकखण्डको पसाहा र बालग·ा पुलको बीचमा जङगल सडकखण्डमा यादव लुटिएका हुन् । युनिकर्न मोटरसाइकलमा आएका अज्ञात दुईजना लुटेराहरू पथलैयाबाट आफ्नो पछि लागेको यादवले बताए । लुट्ने क्रममा प्रतिकार गर्दा लुटेराहरूले पेस्तोल नचलाइ बिडले टाउकोमा हिर्काएपछि यादव गम्भीर घाइते भएका थिए ।सोही सडक हुदै साइकलमा आइरहेका एक बालकसहित दुईजनाले मोटरसाइकलमा घाइते यादवलाई उपचारका लागि निजगढ लिएर आएका थिए । अज्ञात लुटेराहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले निजगढ डटकम लाई जनाएको छ ।

Top