You are here
Home > भिडियो > लाल बकैया खोलाले ट्याक्टर बगायो ( भिडियो सहित )

लाल बकैया खोलाले ट्याक्टर बगायो ( भिडियो सहित )

25 Views

bakeya nijgadh flood terai

प्रलाद तिमल्सिना, निजगढ

तराईमा सोमबार रातिदेखि परेको अविरल वर्षाले खोलामा बाढी आएपछि निजगढ, रतनपरी,  भरतगजं सिगौल लगायतका गाविस जोखिममा परै आएका छन  । चुरे भएर बग्ने लालबकैया, धन्सार, दुधौरा, बालगड्डामा ठूलो बाढी आएसँगै यस गाविसका दुई दर्जन बस्ती उच्च जोखिममा परेको हो । तीव्र गतिको बहावका कारण खोलाबगर छेउको जमिन कटान गर्दै  तारजालीका ड्याम समेत भत्काउन थालेपछि बस्ती जोखिममा परेको हो । बकैया खोलामा बगरै ढाकेर आएको बाढी दुई तीन वर्ष यताकै ठूलो भएको स्थानीयहरू बताउ“छन् । लाल खोलामा आएको बाढी तर्न नसक्दा अस्ती बिहानैदेखि जनजीवन प्रभावित भएको रतनपुरी लालका आशाकाजी श्रेष्ठले जानकारी दिए । आज बुधवार सम्म पनि पानीको मात्रा नघटेपछि मानिसहरु समस्यामा परेका छन । त्यसैगरी बकैया खोलाले भर्खरै एक ट्याक्टर समेत बगाएको छ । त्यसैगरी अविरल वर्षाका कारण निजगढका श्री गौरीशँकर उच्च मावि– ७, गौरीशँकर उच्च मावि सडकटोल, सार्वजनिक मावि बागदेव, नेत्रोदय मावि योजना, भरतगंजसिगौलको श्री नेरा उच्च मावि, रतनपुरीस्थित श्री नेरा उच्च मावि लगायत अधिकांश सरकारी एवं सामुदायिक विद्यालयमा पढाइ हुन सकेन भने केहीमा आंशिक पढाइ भएको विद्यालयले जनाएको छ । अविरल वर्षाले विद्यार्थीहरूको उपस्थिति न्यून छ । निजी बोर्डिङ स्कूलहरूमा निजगढस्थित होली एन्जल्स, विद्यासागर, अञ्जु आदर्शको पढाइसमेत सोमवार प्रभावित भएको थियो । बोडिङका विद्यार्थी  ओसारपसार गर्न स्कलू बसको व्यवस्था गरिएपनि पढाइ प्रभावित भएको थियो ।

 

Top