नेपाल रेडक्रसको साता व्यापी विभिन्न कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )

समाचार स्थानिय समाचार

109 Views

निजगढ ,

नेपाल रेडक्रस सोसाइटीको स्वण जयन्तीको अवसरमा यो साता गरी निजगढ शाखामा  विभिन्न कार्यक्रमको अन्तिम दिन बुधवार रक्तदान सम्पन्न भयो ।

सो कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी सुरक्षा बेस निजगढका बसे पति पमे्र बहादरु भण्डारीले कार्यक्रमको पहिलो चरणमा रक्तदान गरेपछि सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका जवानहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, रेडक्रसकर्मी लगायतले रक्तदान गरेका थिए । रक्त सञ्चार सेवा केन्द्र वीरगंजका प्रतिनिधि धीरेन्द्र झाको नेतृत्वमा आएको टोलीले रगत सड्ढलन गरेको थियो । साताव्यापी कार्यक्रममा निजगढ रेडक्रसका नारायणप्रसाद शर्मा, गड्डा शिवाकाटी, बद्रि प्रसाद चिमरिया, अजर्नु बहादुर डासेली, अमृतराज उप्रेतीले साताभरि गरिएको कार्यक्रमको सञ्चालन गरेका थिए ।आइतवारदेखि परेको अविरल वर्षाले भरतगजं सिगौलमा पहिरोबाट पीडित र भेलले घर क्षति भएका दुई पीडित परिवारलाई सो अवसरमा राहत सामग्री वितरण भएको छ । सहयोग समितिका संयोजक मानबहादुर डासेलीले बुधवार उक्त राहत सामग्री वितरण गरेका थिए ।

साताव्यापी कार्यक्रममा वृक्षरोपण, स्वास्थ्य तथा जनचेतना अन्तक्र्रिया गोष्ठी, रेडक्रस जुनियर युवा सर्कल गोष्ठी, स्वास्थ्य शिविर, महिला कार्यक्रम, प्राथमिक उपचार प्रतियोगिता, रक्तदान शिविर सञ्चालन गरिएको नेरेसो उपशाखा निजगढका प्रमुख कृष्णप्रसाद खरेलले निजगढ डटकमलाई जानकारी दिएका छन् । र यस्ता थप कार्यक्रम भविश्यमा पनि गरीने उनले थपे ।