फेरी अर्को अपहरण निजगढमा

समाचार

123 Views
kidnapping terai nepal nijgadh bara narayani
 प्रलाद तिमल्सिना निजगढ, आश्विन २
बाराको निजगढ अपहरणकारीको मुख्य केन्द्र बिन्दु नै बनेको छ । बिगत केही बर्ष देखि निजगढमा थुप्रै अपहरण भएको पाईएको देखिएको छ ।   स्थानीय बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र रेखदेख गर्न २०६९ असोज २५ गते जङ्गल गएका भिमलाल श्रेष्ठ र ईन्द्र प्रसाद चौलागाई अपहरणमा परेका थिए । अपहृत श्रेष्ठ र चौलागाईंको खोजी कार्य अझै प्रभावकारी बनाइने, पीडित पक्षलाई दमन गर्ने प्रहरी प्रशाशनलाई दबाद दिने, उनीहरूको खोजी कार्यका लागि केन्द्रीयस्तरको अनुसन्धानका लागि पहल गर्ने, भइरहेका बताए पनि हाल सम्म कुनै खबर पाइएको छैन । यसै घटनाको ठिक एक बर्ष अघि रौतहट फतुहा हर्साहा ७ दुधिआवाका टेकनाथ पौडेल अपहरणमा परे । उनी १० लाख फिरौती तिरेर मुक्त भए । यो घटनाको १ बर्ष अघि पनि निजगढका गाविस सचिव रतनपुरी बाट अपहरणमा परेर फुरौती तिरेरै मुक्त भएका थिए । फेरी यस्तै अर्को  अपहरणको घटना  घट्यो निजगढमा ।
निजगढमा एग्रोभेटका पसल सञ्चालन गर्दै आएका भगवान बडाल सोमबार अपहरित भएका छ। निजगढ–८ घर भएका ३६ वर्षीय बडाल पशुको उपचारको काम गर्थे। पसलमा आएकी रौतहटकी सिम्री घर भएको बताउने  एक  ३५ वर्षीया महिलाले घरमा पशु बिरामी भएको जनाउँदै बडाललाई बोलाएकी थिइन्। आफ्नै हिरोहोडा ग्ल्यामर मोटरसाइकलमा ती महिलासँग औषधी लिएर हिंडेको केही घन्टापछि उनले परिवारलाई फोन गरेर अपहरणमा परेको जानकारी गराएका थिए।  इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक मित्रबन्धु शर्माले महिला प्रयोग गरी बडालको अपहरण गरिएको अनुसन्धानबाट खुलेको बताए। र सो महिलालाई आखामा पट्टी बाधेको अबस्थामा त्यहाका स्थानिय मानिसले भटिएको बताए । यस अपहरणको कारण खुल्न भने बाकी नै रहेको बडाल परीवारले निजगढ डटकमलाई जानकारी गराएका छन ।  बडालको मोटरसाइकल रौतहटको सिम्रीबाट ल्याइएको छ। ‘बडालले परिवारलाई दिएको जानकारीअनुसार मोटरसाइकल सिम्रीमा फेला परेको हो,’ इन्स्पेक्टर शर्माले भने। उनले अपहरणकारीले बडाललाई बारा र रौतहटको सिमानामा रहेको जंगल छेउछाउ बस्तीमा लुकाएको  अनुमान गरे। ‘बडाल र अपहरणकारीलाई खोजिरहेका छौं,’ उनले भने। प्रहरी प्रशाशनको लापरवाहिको कारण निजगढमा यस्ता घटना दिनदिनै बढेको स्थानिय निजगढ बासीले आरोप समेत लगाएका छन । हिजो  बिहान फोन गरी उनका परिबारसँग १५ लाख रुपैया फिरौती माग गरेका थिए तर फेरी कुनै फोन आएन बडाल परिवारले निजगढ डटकमलाई भने ।