You are here
Home > समाचार > बाराका एमाले नेता महमुद आलमको अन्त्येष्टि गरियो | चुनाब जित्ने डरले हत्या गरीएको

बाराका एमाले नेता महमुद आलमको अन्त्येष्टि गरियो | चुनाब जित्ने डरले हत्या गरीएको

27 Views

प्रलाद तिमल्सिना  बारा २५ असोज

केहि दिन अघि अज्ञात समूँहको गोलि लागी घाइते भएका बारा क्षेत्र नं.४ का एमाले उम्मेदवार महमुद आलमको असोज २५ गते उनको आफ्नैं गाउँ लिपनीमाल गाबिस वार्ड नं.१ मा ईस्लामिक विधिबाट अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिको बेला एमालेको झण्डा आधा झुकाईएको थियो ।

आज हजारौं नागरिकहरुको सहभागितामा उनको श्रद्धाञ्जलिपछि ईस्लामिक धार्मिक विधि अनुसार जुम्माको नमाज, र जनाजाको नमाज पढी कवरगाहमा उनको संस्कार भएको थियो । उनको पार्थिव शरिरमा नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको झण्डा ओढाउनु भएको थियो । नेता नेपालले आलमको शव बोकी परवानीपुर बजार परिक्रमा गर्नु भएको थियो ।श्रद्धाञ्जलि सभामा नेता ओलीले आलमप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो । ओलीले आलमलाई पार्टीको तर्फबाट शहिद घोषणा गर्दै राज्यको तर्फबाट गराउन पहल गरिने बताउनु भयो । सभामा एमाले पोलिटव्युरो काशिनाथ अधिकारी, केन्द्रीय सदस्यहरु डा. बंशिधर मिश्र, अच्युत मैनाली, रामचन्द्र साह, केन्द्रीय सल्लाहकारहरु केदार न्यौपाने, पुरुषोत्तम पौडेल लगायतको सहभागिता रहेको थियो चुनाब जित्ने डरले हत्या गरीएको एमाले नेतापुरुषोत्तम पौडेलले निजगढ डट कमलाई जानकारी गराउनु भयो ।२०२३ जेठ ३ गते परवानीपुरमा जन्मिएका आलम तराई र मुश्लिम समुदायका लोकप्रिय नेताको छवि बनाएका थिए । २०४४ सालबाट पार्टी सम्पर्कमा आएका आलम प्रारम्भमा मजदुर संगठनमा काम गरेका थिए । यसअघि पनि २०५६ र २०६४ मा निर्वाचन लडेका थिए । आलमका एक श्रीमती र तीन छोरा छन ।

एमालेका केन्द्रिय सदस्य तथा भातृ संङ्गठन मुस्लिम इतिहाद संङ्गठनका केन्द्रिय अध्यक्ष समेत रहेका बाराको लिपनीमाल गाबिस वार्ड नं.१ निवासी ५० बर्षिय आलमलाइ असोज १८ गते शुक्रवारका दिन दुइ जनाको अज्ञात समूँहले भारतीय नं.को मोटरसाइकलमा आएका नाकाबधारीले लिपनीमाल ८ मा चुनावी प्रचारको क्रममा आलमको कन्चटमा गोलि प्रहार गरि भागेका थिए ।

आलमको अन्त्येष्टिको लागि बारा पर्साका एमालेका नेता कार्यकर्ता तथा उनका समर्थकहरु गरी हजारौंको संख्यामा उपस्थित थिए । आलमलाई सहिद घोषणा गर्नु पर्ने, हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्नु पर्ने, आश्रति परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगातका चार सुत्रिय माग एमालेले अघि सारेको एमाले बाराका प्रचार विभाग प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

माग पुरा नभए एमाले सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् । नेपाली सेनाको हेलिकप्टरमा वीरगञ्जसम्म र बीरगञ्जबाट एम्बुलेन्समा लिपनीमाल-६ स्थित उनको निवासमा शव ल्याइएको हो ।

पत्नी नेजमा उम्मेदवार

एमालेले आलमकी पत्नी नेजमा खातुनलाई बारा क्षेत्र नं.- ४ बाट उम्मेदवार बनाउनुभएको छ । बरिष्ठ नेता नेपाल र नेता केपी शर्मा ओलीले आलमको अभियानलाई निरन्तरता दिन पत्नी नेजमालाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको बताए ।

एमालेमा यसअघि २०५६ सालमा रुकुमका उम्मेदवार यदु गौतमको हत्यापछि तिर्था गौतम र २०६४ सालमा सुर्खेत- १ बाट एमालेकै उम्मेदवार ऋषिप्रसाद शर्माको हत्यापछि कमला शर्मालाई उम्मेदवार बनाइएको थियो ।

Bara Cpn UML Leader Killed n EX Pm Madhav Nepal Comes In ParwaniPur
Bara Cpn UML Leader Killed n EX Pm Madhav Nepal Comes In ParwaniPur
Bara Cpn UML Leader Killed n the croud
Bara Cpn UML Leader Killed n the croud
Bara Cpn UML Leader Killed & The Croud of People
Bara Cpn UML Leader Killed & The Croud of People

Top