You are here
Home > समाचार > डुमरवानामा एमाले अगुवा कार्यकर्ता भेला

डुमरवानामा एमाले अगुवा कार्यकर्ता भेला

31 Views

बारा जिल्लामा सुर्य ध्वजाबाहक उम्मेदवारहरुको निर्वाचन अभियान तीव्र

संविधानसभा निर्वाचन अभियान अन्तरगत डुमरवाना र मनहर्वा गाविसका अगुवा कार्यकर्ताहरुको वैठक मदन आश्रित स्मृति कार्यालय डुमरवानामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै एमाले बारा क्षेत्र नं. ६ का उम्मेदवार पुरुषोत्तम पौडेलले मुलुकको राष्ट्रियता, शान्ति र संविधानका लागि एमालेको विजय अनिवार्य रहेको बताउनु भयो ।
एमाले बारा प्रचार प्रमुख कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकमा क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक भरत खडका, राष्ट्रिय पार्षद विक्रम राम, जिल्ला कमिटी सदस्यहरु किशोर शर्मा र लक्ष्मी नेपाली, जिल्ला सल्लाहकार विजया घिमिरे, क्षेत्रीय उपाध्यक्ष पुष्कल थापा, क्षेत्रीय सदस्य राधेश्याम शिवाकोटी, मिठु भारतीलगायतको सहभागिता रहेको थियो । वैठकले गांऊ कमिटी र जनसंगठन वैठक तथा भेलाहरु र मतदान केन्द्र ईञ्चार्ज तथा भेलाहरु तोकेको छ ।
एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले डुमरवानामा निर्वाचन प्रचार कार्यालयको उदघाटन गर्नु भएको छ । कार्यालय उदघाटन कार्यक्रममा प्रचार प्रमुख कृष्ण पौडेलले सम्वोधन गर्नु भएको थियो ।
त्यसैगरी डुमरवानाको वडा नंं. ८ मा वडास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । कार्यक्रममा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल, राष्ट्रिय पार्षद भरत खडका, प्रचार प्रमुख कृष्ण पौडेल, गांऊ कमिटी अध्यक्ष रुपलाल चौधरी, सचिव बरुण गौतमलगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष यमनाथ ढकालले गर्नु भएको थियो ।
उम्मेदवार यतिखेर निर्वाचन क्षेत्रका दश गाविस (निजगढ, सिमरा, डुमरवाना, मनहर्वा, भोडाहा, दोहरी, उत्तरझिटकैया, भरतगंज सिंगौल, रतनपुरी) मा कार्यक्रमहरु बाक्लो भएका छन र मतदाताहरुवीच पुग्नेक्रम तीव्र रुपमा अघि बढेको छ । एमालेको पक्षमा क्षेत्रमा यतिखेर व्यापक जनलहर देखा परेको छ ।
त्यसैगरी बाराका अन्य क्षेत्रहरुमा पनि निर्वाचन अभियान तीव्र भएको छ । सुर्य ध्वजाबाहक उम्मेदवारहरु क्षेत्र नंं. १ मा बतहु यादव, २ मा बासु यादव, ३ मा विनोद साह र ५ मा बलवीर चौधरीलगायत पार्टी पंक्ति निर्वाचनको महाअभियानमा जुटिरहेका छन । ४ का उम्मेदवार महमुद आलमको हत्यापछि क्षेत्र शोकमग्न छ, शोकलाई शक्तिमा बदल्ने संकल्पका साथ नयां उम्मेदवारीपछि अभियानमा जुटने तयारी गर्दैछ । पार्टीले आलमपत्नी नजमा खातुनलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यतिखेर जिल्लाभरका एमालेको पक्षमा माहोल खडा भएको छ । शान्ति, संविधान र समृद्धिका लागि एमालेको निर्वाचन अभियानमा जुटन र मतदान गर्न सबैमा पौडेलले अपिल गरे ।

Top