बारामा नेपाली काँग्रेसको प्रचार प्रसार तब्र क्षेत्र नं ६ का उम्मेदवार शम्भु बहादुर बुढाथोकी पनि व्यस्त

समाचार

121 Views

congress chetra no 6 bara in gau gau nijgadh bara nepal

congress chetra no 6 bara in gau gau nijgadh bara nepal p

congress chetra no 6 bara in gau gau nijgadh bara nepal g

प्रलाद तिमल्सिना   , निजगढ ८ कात्तिक ।

निजगढ चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज नेपाली काँग्रेसका उम्मेदवारहरूले आज विभिन्न गाविसहरूमा घरदैलो  र अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

सो अन्तर्गत आज नेपाली काँग्रेस बारा  क्षेत्र नं ६ का उम्मेदवार शम्भु बहादुर बुढाथोकीले निजगढका विभिन्न वडामा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गर्नुभएको छ । उम्मेदवार बुढाथोकीको टोलीले निजगढको सहिदचोक, अबतारटोल, सडकटोल, बागदेव पुरानोटोल पुरानो निजगढ लगायतमा घरदैलो,   र अन्तक्रिया  सम्पन्न गरेको हो ।

सो अवसरमा उहाँले क्षेत्र नम्बर ६ मा   नेपाली काँग्रेसलाई भोट दिई विजयी बनाउन मतदातासँग आग्रह गर्नुभएको थियो ।  सो अवसरमा पेमा सिद्धी लामाले जनताले सही पार्टीको मूल्याङ्कन गर्न सक्षम भएको बताउनुभयो ।  र पेमा सिद्धी लामाले स्थायी शान्तिको लागि काँग्रेसप्रति जनताले   विश्वास गरिदिन अनुरोध गर्नुभयो ।