You are here
Home > समाचार > बारा क्षत्रे न. ६मा नेपाली काँग्रेस र नेकपा एमालेको मोटरसाईकल र्याली

बारा क्षत्रे न. ६मा नेपाली काँग्रेस र नेकपा एमालेको मोटरसाईकल र्याली

23 Views
cpn uml bike ryali nijgadh bara chetra no 6

bike ryali of congress
प्रलाद तिमलसिना , १ मङसिर

चुनावी माहोल बढ्दै जाँदा बाराका विभिन्न क्षेत्रका उम्मेदवार घरदैलो र चुनावी र्‍यालीमा व्यस्त भएका छन् ।विभिन्न राजनीतिक दलले शनिवार मोटरसाइकल र्याली निकालेका थिए ।
नेपाली काँग्रेस बारा क्षत्रे न  ६का उम्मेदवार शम्भुबहादुर बुढाथोकीको नेतृत्वमा निजगढबाट निस्केको मोटरसाइकल यालीले  रतगंज सिंगौल, रतनपुरी, डुमरवाना, मनर्हवा, सिमराको परिक्रमा गरी मतदातासँग मत मागेको थियो । नेपाली काँग्रेसले हाल सम्मकै  धेरै मोटरसाईकल र्यालीमा निकालेको थियो ।
त्यसैगरी  यसैगरी एमाले बारा क्षेत्र नं. ६ लेपनि मोटरसाइकल र्याली निकालेको थियो । र्यालीले क्षेत्र नं. ६ का उम्मेदवार पुरुषोत्तम पौडेललाई मत दिन आग्रह गरेको थियो । सिमराबाट निस्केको याली अमलेखगंज, निजगढ, भरतगंजसिंगौल,डुमरवाना हुँदै पुनः सिमरामा आई चुनावीसभामा परिणत भएको थियो ।

Top