बारा भरतगंज सिँगौलमा प्रहरीले बन्दुक फेला पार्यो

समाचार

52 Views

Gun found in bharatgunj singaul nijgadh.com news

बारा  निजगढ, २३ मङ्सिर

मध्य तराई बारामा लुिकीछिपी वन्यजन्तुको शिकार गर्ने शिकारीको गिरोह  सक्रिय भईरहेको पाईएको छ । यस्तै गए राति भरतगंजसिगौल–९ स्थित बगरखोला जङगलबाट प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेपछि चोरी शिकारी बढिरहेको पुष्टि भएको छ । प्रहरीको टोलीलाई देखेपछि शिकारीले बन्दुक छाडेर भागेको हुनसक्ने गस्तीमा गएका प्रहरीको अनुमान लगाएका छन । शिकारीहरुले बँदेल, हरिण, मृग, वन कुखुरा,  जरायोलगायतका वन्यजन्तुको शिकार गर्ने गर्छन । शिकारीले वन कर्मचारी, प्रहरीलाई झुक्याउँदै वा मिलेमतोमा चोरी शिकारी गर्ने गरको गाउलेको  भनाइ छ । सशस्त्र प्रहरी सुरक्षा अस्थायी बेस रतनपुरीलाल नजिकै वन क्षेत्रमा शिकारीद्वारा चलाइएको गोली पड्केको आवाज सुनिरहने तर प्रहरीले शिकारी पक्राउ नगर्ने गरको स्थानीयो गुनासो  छ । यसरी नै वन्यजन्तुको शिकार भइरहने हो भने बनमा जङगली जनाबारको नाम निशान नै नहुने बताउछन स्थानिय निजगढ बासी रामकुमार लामीछाने ।