सागर पुस्तक भण्डारद्वारा जेसीजलाई क्रीकेट सामग्री हस्तान्तरण खेलाडीहरु हौसित

समाचार

107 Views

sagar pustak gibing

सागर पुस्तक भण्डार निजगढले एक सेट क्रिकेट खेल सामग्री बिहीवार हस्तान्तरण गरेको छ । स्थानीय गार्लिक रेस्टुरेन्टमा आयोजित एक समारोहमा पुस्तक भण्डारका सञ्चालक शँकर थोकरले प्रस्तावित निजगढ जेसीजका अध्यक्ष अमीर मोक्तानलाई उक्त समान हस्तान्तरण गरेका थिए । अध्यक्ष मोक्तानले लगत्तै उक्त सामग्री एनसिसी निजगढ क्रिकेट क्लबलाई वितरण गरेका थिए । क्रिकेट क्लबका क्याप्टेन साजेश मनै ालीलार्इ  क्रिकटे सामगी्र वितरण गर्दै खेलको अनुशासन, मर्यादामा रहेर खेल्दा शरीर स्वस्थ रहने, खेलले गति लिने र विकास पनि हुने अध्यक्ष मोक्तानले बताए । सानो सहयोग पनि खेलाडीका लागि हौसला बढाउने हुने बताउ“दै यसलाई सार्थक बनाउन सबै खेलाडीले मेहनत, प्रयास गरे राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न सक्ने उदाहरण प्रशस्तै रहेको वक्ताहरूले बताए । क्रिकेट खेलका लागि निजगढका किशोर, युवाहरू उत्साहित देखिए पनि निजगढमा खेल मैदानको अभाव रहेको गुनासो  खेलाडीहरूले गरेका थिए । नमुना निजगढ बनाउन निजगढमा सुहाउ“दो उद्योग, विभिन्न आयमूलक कार्यस“गै विभिन्न विधाका खेल, साहित्य, शैक्षिक विकाससमेत स“गै बढाउनुपर्ने सहभागीहरूले बताएका थिए । जेसीजका महासचिव समीर तामाङले सञ्चालक गरेको सो कार्यक्रममा जेसीज अध्यक्ष अमीर मोक्तान, सागर पुस्तक भण्डारका सञ्चालक शँकर थोकर, जेसीजका कार्यकारी उपाध्यक्ष रुद्र धिताल समाजसेवी कुलबहादुर गुरुङ, निजगढका सञ्चारकर्मी जीतलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

nijgadh cricket club taking

 

journalist jitlal shrestha in jci

 

jci program nijgadh cricket