Nijgadh shop bazar closed

दोहोरो कर (मिसम्याच) प्रणाली खारेज गर्न माग गर्दै निजगढका व्यवसायी, व्यापारीहरूले पुनःआझ शुक्रबार पनि  निजगढको पसल व्यवसाय बन्द गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ निजगढका पदाधिकारी, पसले तथा व्यापारीहरूले मिसम्याच प्रणालीको विराधे गर्दै व्यापार,  व्यवसाय, बन्द गर्न आह्वान गरेलगत्तै निजगढको सम्पूर्ण व्यवसाय, पसल बन्द भएको छ । आन्तरिक राजस्व कार्यालयले दोहोरो कर प्रणाली लागू गर्दा साना व्यवसायी, व्यापारीहरू मारमा परेको भन्दै उद्योग वाणिज्य सङ्घहरू आन्दाेि लत हदै आएका हुन । पान नम्बर लिएका फर्महरूको आन्तरिक राजस्व कार्यालयले प्रत्येक वर्ष नवीकरण गरिदिएको भए पनि ती वर्षको समेत अपुग कर भनी असुल गर्न खोजेको पीडित व्यापारीहरूको भनाइ छ ।  दोहोरो कर (मिसम्याच) प्रणालीले परम्परागतरूपमा आफ्नो व्यवसाय, पसल सञ्चालन गरेबापत प्राप्त नाफामा कर तिर्दै आएका र साना व्यवसायी, पसलेहरूलाई समस्या पारेको पीडितहरू बताउंछन् । बारामा ७२४ व्यवसायी, पसलेहरू दोहोरो कर प्रणालीमा परेको बुझिएको छ । बन्दका कारण जिल्लामा रहेका ५ हजारभन्दा बढी मुख्य व्यापार हुने स्थानका व्यवसाय, पसल बन्द छन् । यस अघि पनि पटकपटक विरोध गर्दै व्यवसाय, पसल बन्द हदै आएका थिए ।