निजगढमा रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुरू,

0
6

purano nijgadh game redbull cup

‘भिजन–२०२० राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद’ नाराका साथ निजगढमा रेडबुल जिल्लास्तरीय ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिवारदेखि शुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं एन्फाका केन्द्रीय सदस्य एम समिउल्लाहले गरेका थिए । कुनै पनि खेल नियमको परिधिभित्र रहेर खेल्दा शरीर स्वस्थ रहनुका साथै व्यक्तित्व विकास हुने प्रमुख अतिथि समिउल्लाहले बताए । त्यस्तै उमेर समूहलाई लक्षित गरी खले ाइन े खले ल े किशारे एव ं यवु ाहरू खले प्िर त आकषिर्त हद“ु ा सभ्य समाजको निर्माणमा टेवा पुग्ने वक्ताहरूले बताएका थिए । कार्यक्रममा अखिल नेपाल पूmटबल सङ्घ जिल्ला कार्यसमिति बाराका उपाध्यक्ष क्यामुद्दिन अन्सारी, महासचिव शम्भु ठकुरी, सदस्य दिलबहादुर लामा, स्थानीय समाजसवे ी एकबहादरु श्रष्े ठ, अम्बिका चालै ागाइर्लं गायतल े मन्तव्य व्यक्त गरके ा थिए । अखिल नेपाल पूmटबल सङ्घ जिल्ला समिति बाराका अध्यक्ष राजेश गौतमको सभापतित्व सम्पन्न कार्यक्रमको सञ्चालक बेनी लामाले गरेका थिए । निजगढ युवा क्लब र बडहर्वा युवा क्लबबीच भएको प्रतियोगिताको पहिलो खेलमा ३–६ गोलअन्तरले बडहर्वा युवा क्लब विजयी भएको छ । विजयी क्लबबाट जर्सी नं. ८ का देवराज चौधरीले १५ औं मिनेटमा गोल गर्दै पहिलो खाता खोलेका थिए । सोही क्लबका जर्सी नं. ३ का जगदीश महतोले ३४, ४३, ४७ औं मिनेटमा गोल गरी ह्याट्रिक भने जर्सी नं. ९ का राजु चौधरीले ६० औं र जर्सी नं. ११ का विकास नेपालीले ८२ औं मिनेटमा खेलको अन्तिम गोल गरेका थिए । निजगढ युवा क्लबका जर्सी नं. ३ का विमल धामीले खेल शुरू भएको २४ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसैगरी सोही क्लबका जर्सी नं. १० का सञ्जन क“ुवरले ४४ र ७४ औं मिनेटमा दुई गोल गरेका थिए । आजको खेलमा मुख्य रेफ्री कृष्णमणि चौधरी र सहायक रेफ्रीमा सानु मगर तथा रिजम आलम थिए । खेल शुरूस“गै परेको सिमसिमे माघे झरीमा दुवै टिमका खले ाडीहरू रुझ् द ै खले के ा थिए भन े खले पमे्र ी दशर्क हरू भिज्द ै अन्तिम समयसम्म खेल हेरी खेलाडीहरूलाई साथ दिएका थिए । आइतवार पहिलो खेल कलैया युवा क्लब र बधुवन युवा क्लबबीच दिउ“सो १ बजे हुनेछ भने दोस्रो खेल निजगढ युवा क्लब र रामपुर्वा युवा क्लबबीच दिउ“सो ३ बजे हुने स्थानीय आयोजक कमिटीका सदस्य कैलाश चौधरीले जानकारी दिए । जिल्लाभरिका १२ टिम समावेश हुने सो प्रतियोगिता निजगढ–४ कछडिया टाले का े खले मदै ानमा हद“ु छै ।