निजगढमा आदीबासी जनजाती युवा महासंघ जिल्ला कार्य समीती बारा गठन

समाचार

78 Views

प्रलाद तिमल्सिना , निजगढ, ८ माघ

बाराको निजगढमा  बुधबार आदीबासी जनजाती युवा महासंघ जिल्ला कार्य समीती बारा गठन भएको छ ।

उक्त भेलामा नेपाल आदीबासी जनजाती महासंघ सङगिय परिषद सदस्य अमिर मोक्तानको समेत उपस्थिती थियो । कार्यक्रममा बतमान परिस्थितिमा आदीबासी जनजाती महासंघको आवस्यकता र भावी चुनौतीहरु तथा यसले भविक्ष्यमा खेल्न सक्नु पर्ने भूमीकाको बारेमा  आफनो तर्फबाट राय सुझावहरु प्रस्तुत गर्दै आदीबासी जनजाती युवा महासंघ जिल्ला कार्य समीती बारा गठन भएकोमा आफुहरु अत्यन्त हर्षित भएको भन्दै उनले  सफलताको लागि शुभकामना समेत ब्यक्त गनुभएको थियो ।

 आशिष तामाङ्ग लामाको अध्यक्षतामा १३ सदस्य गठन गरीएको छ । जसअनुसार उपाध्य्क्षमा राकेश सुब्वा सिचिबमा बिकाश लामा कोषाश्याक्षमा बुद्धीमान साही स सचिबमा प्रेम कुमारी पुमामी मगर र सदस्यहरुमा शक्ती कुमार लामा , शोभा तितुङ्ग किरण क्षेष्ठ अरुणं दर्लामी मगर शुरेश लामा बिनोद लामा दिनेश लामा दिनेश राज लामा सुन्दर लामा रहेका छन ।

उक्त कायक्रम बाराको निजगढमा रहेको गर्लिक रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।