दोस्रो अन्तरराष्ट्रिय विमान स्थल निमार्ण र काठमाण्डौ तराइ मधेश द्रुत मार्ग विषयमा अन्तरकृया कार्यक्रम

समाचार स्थानिय समाचार

101 Views

nijgadh kathmandu swea samaj yuvraj lama

बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल र ट्रर्याक खोलीएको  तराई– मधसे दत्रु मार्ग निर्माण कार्यले थप गति लिन नसकेको भन्दै अन्तरकृया कार्यक्रमसम्पन्न भएको छ ।

निजगढ—काठमाडौ सेवा समाजको आयोजनामा शनिवार काठमाण्डौमा सम्पन्न अन्तरकृयामा वक्ताहरूले तराई–मधेस दत्रु मार्गको ट्रर्याक  खाल्ने कार्य  सम्पन्न भइसकेपछि पनि अन्य निर्माणका कार्यहरू राज्यले बेलैमा अघि नबढाएको, प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको नाप नक्शा तयार गरिए पनि पूर्वाधार निर्माण कार्यमा सरकारले कुनै पहल नगरेको भन्दै चासो व्यक्त गरेका थिए  ।कार्यक्रममा प्रमुख अतिथि श्री सभाषद फर्मुल्ला मुन्सुले यो बिषयमा  पहल भईरहेको बताएका थिए । बिसिस्ठ अतिथि,राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब श्री युवराज लामा , सभसद पुरुषोत्तम पौडेल , राधे चन्द्र यादव र अतिथिमा लाल बाबु चौधरी (सभाषाद ), राम अयोध्या यादव  ( सभाषाद्) मधु शाही ठकुरी ज्यु (माननिय सभाषद ) अनन्त आचार्य ज्यु ( फास्ट ट्रया्क योजना प्रमुख्) , शोभाकर पराजुली ज्यु (भुपु सभाषद्) सुरेश खनाल, शम्भु बुढाथोकी, पेमा सिद्धी लामा, रवी दङगाल्, प्रकाश खनाल लगायतको उपस्तिथि थियो ।

निजगढ—काठमाडौं सेवा समाजका अध्यक्ष समीर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको कार्यक्रम सन्चालन गिता कुमारि मैनालि, भाइकाजी श्रेष्ठ, दामोदर मैनालीले मिलेर गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तब्य  निजगढ—काठमाडौं सेवा समाजका सचिब श्री के बि लामाले गरेका थिए । कार्यक्रम प्रज्ञा प्रतिस्ठान कमलादी, काठमाण्डौमा भएको थियो ।