You are here
Home > समाचार > समस्या निजगढ नगरपालिकाको ???

समस्या निजगढ नगरपालिकाको ???

50 Views

शहरोन्मुख नवघोषित निजगढ नगरपालिका कुरूप बन्दै गइरहेको छ । नगरपालिका घोषणासँगै कामकारबाई शुरू भएपछि जग्गा किनबेच गर्नेहरू पुन: पल्टिङको नाममा जग्गा बिक्रीमा सक्रिय हुन थालेका छन् ।
केही वर्षअघि घरजग्गा खरिद बिक्रीमा बैंकले ऋण लगानी घटाएपछि जग्गा किनबेच निक्कै घटेको छ । तर अहिले निजगढ नगरपालिका भएपछि जग्गा किनेबेच गर्नेहरू सक्रिय हुन थालेका छन् ।
जग्गा पल्टिङको मापदण्ड नगरपालिकाले तत्कालै लागू गर्न तत्परता नदेखाउँदा जथाभावी जग्गा पल्टिङ गरी किनबेच गर्ने प्रक्रिया बढेको छ । फास्टट्रयाक र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बन्ने हल्ला चलेपछि बिघौं जग्गा जथाभावी पल्टिङ गरी बिक्री भइरहेको थियो ।
सीमित जग्गा कारोबारीहरूले जथाभावी पल्टिङ गरेका छन् । निजगढ शहरको भविष्यको ख्याल नगरी जग्गा माफियाहरूले जथाभावी पल्टिङ गरिरहेका स्थानीयहरू बताउँछन् । जथाभावीरूपमा पल्टिङ गर्दा निजगढ केही वर्षमा नै अव्यवस्थित शहरमा परिणत हुने स्थानीयहरू भन्छन् । पल्टिङ गरिएका कतिपय स्थानमा फराकिलो बाटो छैन । जथाभावी पल्टिङ गरी जग्गा किनबेच गर्न नहुने र यसबारे आम नगरवासी बेलैमा सचेत हुनुपर्ने निजगढ नगरपालिकाका निमित्त प्रमुख डम्बरबहादुर नेपाली बताउँछन् ।
केही साताभित्रै जग्गा किनबेचका लागि मापदण्ड लागू गर्ने तयारीमा नगरपालिका लागेको प्रमुख नेपालीले जानकारी दिए ।
मापदण्डविपरीत पल्टिङ गरी जग्गा किनेबेच गरे नगरपालिकाको विकास योजनासमेत नपर्ने सबइन्जिनियर नवीन खनालले बताए ।
अहिले कम्तीमा १२ फिट चौडाइको बाटो हुनुपर्ने खनालले बताए । जथाभावी जग्गा पल्टिङका कारण बाटो साँघुरो भएको छ भने खेतीयोग्य जमीन पनि घट्दो छ ।
त्यस्तै निजगढ नगरपालिका अन्तर्गत लालमा खानेपानीको समस्या मोवाईल टावर नटिप्ने समस्या पनि उतिकै छन । अब हाम्रो गाउ पनि नगरपालिका बन्यो रे अब त यो खोलाको पानी सट्टा शुध्द पानी खाने दिन पनि आउला भनेर कुरू रहेको बताउछन स्थानिय हर्कमान वाईबा । यस्ता समस्या त निकै र अन्य पनि छन ? तपाईहरुलाई केके समस्या छ जस्तो लाग्छ कृपया लेख्नुहोस।

Top