बम्जन पुन हलखोरिया वन आएको शंका

समाचार

65 Views

तपस्वी भनिएका रामबहादुर बमजनको खोजी तीव्र भए पनि अझै फेला नपरेको वन कार्यालय, बाराले जनाएको छ । बुधवार दिउंसो हेलिकप्टरबाट हलखोरिया वन क्षेत्रमा पसेको जानकारी पाएपछि जिल्ला वन बारा, प्रहरी प्रशासनले बमजनको खोजी गरेको थियो । वन क्षेत्रमा प्रवेश गरेका बमजनलाई खोज्दै राति हलखोरिया ज•ल पुगेका वन कर्मचारी, प्रहरीले सो स्थानमा भेला भएका व्यक्तिहरूलाई राति नैं हटाएको जिल्ला वन कार्यालय, बाराले जनाएको छ । वन कार्यालयको अनुमति बिना वन क्षेत्रभित्र पसेका उनीहरूलाई हटाइएको जिल्ला वन कार्यालय, बाराका निमित्त प्रमुख महमद वजीरले जानकारीदिए । वन क्षेत्रबाट हट्न भन्दा पनि नमानपे छि सामान्य बल प्रयोग गनर्पुरेको निमित्त प्रमुख वजीरले बताए । दाल, चामल, तेलजस्ता बन्दोबस्ती सामानसहित वन क्षेत्रमा आएका उनीहरूलाई वन क्षत्रे मा नबस्न भनिसकेका छौ उनले भने । वन कर्मचारी र प्रहरीले बल प्रयोग
गरेको नीलबहादुर थिङले बताए । उनी तपस्वी संरक्षणका लागि केही वर्ष अघि गठन गरिएको बोधी श्रवण धर्मसङ्घका अध्यक्ष हुन् । वन कर्मचारी, प्रहरीको बल प्रयोगबाट १० जनाभन्दा बढी व्यक्ति सामान्य घाइते भएका अध्यक्ष थिङले जानकारी दिए । तपस्वी खोज्न पुगेका वन कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सो स्थान वरपर खोजतलाश गरे पनि तपस्वी बिहीवार बेलुकीसम्म फेला नपरेको जिल्ला वन कार्यालय, बाराले जनाएको छ । यता तपस्वी बमजन हलखोरिया वन क्षेत्रको तपस्यास्थल आसपास रहेको बोधी श्रवण धर्मसङ्घका अध्यक्ष नीलबहादुर थिङले बताउंदै आएका छन् । “तपस्वी बमजन वन क्षेत्रमा प्रवेश गरेको सूचना पाएपछि हलखोरिया वन क्षेत्रलाई निगरानीमा राखेका छौ”— प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले जानकारी दिए । तपस्यास्थल वा तपस्वीका नाममा वन क्षेत्रमा मानिसहरूको अनावश्यक चहलपहल रोक्ने प्रजिअ अर्यालले बताए । एक वर्ष अघि धर्म सङ्घले बमजनको नाममा नागरिकता, रातो पासपोर्ट राज्यले उपलब्ध गराउनपु नर्,े हलखाेि रया वन क्षेत्रको तपस्यास्थललाई धार्मिक वन घोषणा गर्नुपर्ने माग राखी सडक अवरुद्ध गरेपछि जिल्ला प्रशासन कार्यालय, बाराले बल प्रयोग गर िसडक अवरोध हटाएको थियो । त्यस बेला बाराका वन कार्यालय, प्रहरी प्रशासनले बल प्रयोग गरी वन क्षेत्रबाट निकाल्ने सम्भावना बुझेर केही अनुयायीसहित बमजन राति हलखोरिया वन क्षत्रे छाडे रे सर्लाही, सिन्धुली हुदै सिन्धुपाल्चोक गएका थिए । पटक—पटक झुक्याउ“दै बाराको वन क्षेत्रमा बस्ने प्रयास गरे पनि बारा वन कार्यालय, प्रहरी, प्रशासनले वन क्षेत्रमा पस्न नदिएपछि हिजो दिउसो हेलिकप्टर प्रयोग गर्दै बम्जन एक्कासि वन क्षेत्र पसेका हुन् । यो समाचार प्रतिक दैनिकबाट साभार गरीएको हो ।