अब दिउसै चोरी हुन लाग्यो निजगढमा

समाचार

96 Views

निजगढमा चोरी बढि रहेको बेला पुन दिउसै दिउसो चोरी भएको छ । निजगढ नगरपालिका–९ जमुनापैनीस्थित चन्द्रप्रसाद बिडारीको घरमा आइतवार दिउसो चोरी भएको हो । दिउसै चोरले गहना चोरी गर्न थालेपछि स्थानीयवासीमा त्रास छाएको छ । राजमार्गनजिकैको व्यस्त सडकतर्पmको पक्की घरको मूल ढोकाको ताला फुटाइ सुनका गरगहना चोरले चोरी लगेको हो । घरको ६ वटा कोठामा रहेको स्टील र काठको गरी ४ वटा दराजसमेत फुटाइएको छ ।दिउ“सो करिब २ बजे घरबाट करिब दुई सय मिटर पर रहेको गोठमा गाईलाई रेखदेख गरी बेलुकी ५:३० बजे घर फर्कदा बिडारीले चारेको घटना थाहा पाएका थिए । दिउसै घरमा चोरी भएको घटनापछि राति अबेरसम्म चोरी भएका घरमा स्थानीयहरूको भीड लागेको थियो ।
घरको मूल ढोकाको ताला फुटाइएको छ । दराज, सोफासेट, ओछ्यानसमेत ओल्टाइपल्टाइ गरी गहना चोरी गरिएको छ । दुई साताअघि पनि सोही वडाकोएक घरमा करिब अढाई लाख बराबरको सुनका गरगहनासहित नगद चोरी भएको थियो । रातिको समयमा नगद र गहगहना चोरी भएको पीडित सन्तोष लामाले बताए । एक÷डेढ महिनायताबाट धनमाल चारे ी हनु े क्रम बढन् थालपे छि साभ“ m पर्ने बित्तिकै चोरको हल्लाले निजगढमा त्रास छाएको छ ।त्यसैगरी निजगढ नगरपालिकाको भरतगंजसिंगौलमा पनि चोरको हल्लाले बस्ती नै त्रसित भएको छ । स्थानीय टोलवासीले सुरक्षाका लागि टोलटोलमा राति गस्तीसमते गर्न े गरके ा छन ् । चारे को
हल्लाले प्रहरीलाई समेत हैरान बनाएको छ । हल्ला अनुसार बेलाबेलामा चोरी पनि भएका छन् । घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीमा खबर गर्न इलाका प्रहरी  कार्यालय निजगढका प्रहरी निरीक्षक कैशाल राईले निजगढवासीलाई आग्रह गरेका छन् । हल्लाको पछि कुद्नुभन्दा पहिले आप्mनो धनमालको सुरक्षाप्रति बेलैमा सचेत हुन प्रनि राईको सुझाव थियो ।