Nijgadh kathmanadu Fast Track Nijgadh.com

फास्ट ट्रयाकको काम नरोक्न विकास समितिको निर्देशन

समाचार

69 Views

Kush-Kumar-Joshi-Answers-on१४ माघ, काठमाडौं । काठमाडौंसँग तराईलाई जोड्ने सबैभन्दा छोटो द्रूतमार्ग निर्माणको काम तत्काल अघि बढाउन सरकारलाई संसदको विकास समितिले निर्देशन दिएको छ ।

विकास समितिको बुधवार बसेको बैठकले काठमाडौं निजगढ द्रूत मार्ग निर्माणमा भइरहेको ढिलाइबारे छलफल गर्दै यसको कारण मागेको हो ।

काठमाडौं-निजगढ ७६ किलोमिटरको द्रूतमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्दै काम अघि बढाउन सम्बद्ध मन्त्रालयहरुलाई निर्देशन दिइएको समितिका सभापति रवीन्द्र अधिकारीले बताए ।

बैठकमा काठमाडौं-निजगढ द्रूत मार्गका साथै हेटौंडा काठमाडौं सुरुङ मार्ग निर्माणको प्रगतिका बारेमा पनि छलफल भएको समितिले जनाएको छ । समितिको बैठकमा कुशकुमार जोसीसँग प्रगतिबारे छलफल भएको थियो ।

समितिले सरकारलाई विकास आयोजनाका यी लगायत ठूला राष्ट्रिय गौरवका पूर्वाधार निर्माणमा पुँजी जुटाउन र काम अघि बढाउन निर्देशन दिएको छ ।

त्यसका लागि आवश्यक परे निजी क्षेत्रसँगको सहकार्यमा विकासका काम अघि बढाउन विद्यमान ऐन संशोधन गर्नुपर्ने भए संसदले सघाउने सभासदहरुले बताएका थिए ।

बायोमेट्रिक लागु नगर्न निर्देशन

यसैबीच संसदको अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागु नगर्न सरकारलाई निर्देशन दिएको छ ।

मलेसियाको एक निजी कम्पनी र नेपालका केही स्वास्थ्य व्यवसायी तथा माफियाहरुको मिलेमतोमा सरकारलाई झुकाउने र कामदारलाई ठग्ने काम भएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।

बायोमेट्रिक प्रणाली लागु गर्ने कि नगर्ने भन्नेबारे स्वास्थ्य व्यवसायी र वैदेशिक रोजगार व्यवसायीनै बिभाजित भएका बेला मलेसियाको दबाबमा नेपाल सरकारले हालैमात्र सो निर्णय गरेको थियो ।

समितिको बैठकमा उपस्थित भएका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेट्रिक प्रणालीको बचाउ गरे पनि सभासदहरुले यसमा करोडौंको चलखेल भएको भन्दै तत्काल लागु नगर्न नहुने सुझाव दिएका थिए ।

समितिले नेपालका कुनै पनि शर्त लागु नभएकाले बायोमेट्रिक प्रणाली लागु नगर्न र बायोमेट्रिकको अनुमति पाएका मेडिकलहरुको पनि छानविन गर्न निर्देशन दिएको छ ।

source -onlinekhabar