निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई बजेट बिनियोजन गर्न माग

समाचार

79 Views
बारा–मुलुकको आर्थिक विकासमा दीर्घकालीन महत्व राख्ने निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सरकारले प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै निजगढ सार्वजनिक सरोकार समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारको नीति तथा कार्यक्रममासमेत समावेश नभएको भन्दै आपत्ति जनाएको हो। बाराका दुई राष्ट्रिय गौरबको आयोजनामध्ये काठमाडौं–तराई मधेस निजगढ दु्रत मार्गलाई सरकारले बजेट विनियोजन गरेपनि विमानस्थललाई बजेट विनियोजन नगरेको भन्दै सरोकार समितिले आपत्ति जनाएको हो।सरकारले निजगढका जनताको भावनालाई सम्बोधन गर्दै बजेट परिमार्जन गरी गौरवशाली आयोजनालाई विशेष महत्वका साथ बजेट विनियोजन गर्न सरोकार समाजले सरकारसँग माग गरेको छ।सरोकार समितिका सचिव रविराज दंगालले बिहीबार विज्ञप्ति जारी गरी विमानस्थल असफल पार्न केही तत्व सक्रिय रहेको भन्दै त्यसको भण्डाफोर गर्नसमेत आग्रह गरेका छन्।

 

केहि समय निजगढमा फास्ट ट्रयाक र निजगढ विमानस्थल छिटो बनाउन दबाब कार्यक्रम पनि गरिएको थियो । nijgadh basi