You are here
Home > समाचार > निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको नक्सांकन र पिलर राख्ने काम सुरु

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको नक्सांकन र पिलर राख्ने काम सुरु

17 Views

nijgadh airport pillar.00

बारा, श्रावण ९ । राष्ट्रिय गौरवको आयोजनामा राखिएको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको नक्सांकन र पिलर राख्ने काम सुरु भएको छ ।

सिमरामा राखिएको फिल्ड कार्यालयका प्राविधिकहरूले चार किल्ला प्रमाणितको काम गर्दै पिलर राख्न थालेपछि आयोजनाको काम सुरु भएको हो । आयोजना सहायक शम्भु मण्डलले काठमाडौंबाट ‘कन्सल्टेन्ट हायर’गरीे चारजना प्राविधिक टोलीले विमानस्थललाई चाहिने जग्गा छुट्याउने काम सुरु गरेको बताए ।

८ हजार हेक्टरमा ४ किल्ला प्रमाणित गर्न समय कति लाग्नेबारे यकिन भन्न नसकिने भए पनि प्राविधिकका साथ–साथै वातावरणीय र सामाजिक प्रभाव मूल्यांकन जाँच्ने प्रक्रियासमेत सुरु भएको छ । तीन साताअघि सरकारले निजगढ अन्तर्राष्ट्रिय विमान आयोजना जग्गाको रेखांकन गर्न नापी विभागलाई निर्देशन दिएको थियो ।

सरकारले यसअघि घना जंगल र बस्तीमा रहेको विमानस्थल क्षेत्रको तारबारसँगै आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गर्न आर्थिक वर्ष २०६७/०६८ देखि डेढ अर्ब र गत आर्थिक वर्ष ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नीतिगत निर्णय अभावमा ४ किल्ला छुट्याउन नसकिएकाले जग्गा अधिग्रहण र बस्ती व्यवस्थापनका लागि सरकारले छुट्याएको बजेट खर्च हुन सकेको थिएन ।

 

साभार ईमेज खबर

हामीलाई फेसबुकमा पछ्याउनुहोस

पल पलको निजगढ र आसपासको खबरको लागी

Nijgadh.com

 

Top