बसमा आगजनी

स्थानिय समाचार

52 Views
फाईल तस्विर
फाईल तस्विर

निजगढ—पथलैया सडकखण्डको१३ किलोमिटरमा बिग्रेर रोकिराखेको बसमा शनिवार राति आगजनी भएको छ । ना. ४ ख ३२१६ नम्बरको बस सडक छेउमा रोकी राखेकोबेला राति करिब ६:४५ बजे अज्ञात समूहले आगजनी गरेको हो।

सो सडक भएर निजगढ तर्फ आउदै गरेका यात्रुलेइलाका प्रहरी कार्यालय निजगढलाई बसमा भएको आगजनीबारे जानकारी दिएलगत्तैप्रहरी घटनास्थल पुगे को थियो । बसमा दन्किएको आगोप्रहरीले माटो, स्याउलाले नियन्त्रण गर्न खो ज्दा सकेन । यात्रु बोकेर पूर्वबाट गइरहे को सोबस तीन दिनदेखि बिग्रेर सडक किनारामा पार्किङ गरिएको थियो भनेर आजको प्रतिक दैनिकमा खबर छ। घटना बारे अनुसन्धान अघि बढाएको इ.प्र.का निजगढका प्रहरी निरिक्षक पङ्कज चुडालीले जानकारी थिए  ।